(हरिकृष्ण गौतम)
जिल्लाको राम्चे गाविमा अवस्थित शान्ति कालिका प्राविमा ३ जना विद्यार्थी अध्ययरत छन् । विद्यार्थी बढाउन शिक्षक, ब्यवस्थापन समितिले अभियान संचालन गरेपनि अपेक्षा विद्यालयमा विद्यार्थी भर्ना हुन आएनन् । राम्चे गाविसकै चन्द्र प्रावि र भकिम्ली गाविसको मरेक गाउँमा रहेको नवज्योती प्राविको

१ देखी ३ कक्षासम्म ६ जना विद्यार्थी रहेका छन् । बसाईसराई, निजी विद्यार्थी प्रति आर्कषण लगाएतका कारण बर्षेनी विद्यार्थीको संख्या घटन् थालेपछि जिल्लामा ८० वटा प्रावितहका विद्यालयमा २० विद्यार्थीभन्दा कम रहेको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत दल बहादुर थापाले बताए । ‘सामुदायिक विद्यालयमा विद्यार्थीको घट्दो संख्या चिन्ताको विषय बनेको छ । आउँदो शैक्षिक सत्रमा सकेसम्म मर्ज गर्ने तयारीमा छौ’ थापाले भने ।
img_3460
सुचना अधिकृत समेत रहेका थापाका अनुसार जिल्लाभर रहेका विद्यालयमा प्राथमिकत तहका विद्यार्थी घट्नुमा सामुदायिक विद्यालयको गुणस्तरीयता भन्दा पनि जन्मदर तथा बसाईसराई प्रमुख कारण रहेकाले समस्याकै विच भएपनि विद्यालय सञ्चालन गनुर््पर्ने बाध्यता रहेको बताए ।
न्युन विद्यार्थी संख्या रहेका विद्यालयबाट छिमेकी विद्यालयसम्म पुग्न करिव डेढ देखी दुईघण्टा लाग्ने भएकाले पनि उपयुक्त विकल्पको खोजी नगरी बन्द गर्न समस्या रहेको समेत जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

प्राथमिक तहमा विद्यार्थी नहुनेमा प्रावि तहसम्मको अनुमती प्राप्त गरेका विद्यालयसंगै निमावी र मावि तहसम्मका विद्यालय रहेका छन् । बेनी नगरपालिका–१ रत्नेचौरमा रहेको भानु माविको कक्षा २ मा एक जना पनि विद्यार्थी छैनन् । गाउँमै निजी विद्यालय तथा छिमेकी जिल्ला बागलुङबाट समेत बस सेवा सञ्चालन गरी विद्यालयले आर्कषित गरेपछि विद्यालयका अन्य प्रावितहका कक्षामा समेत न्यून विद्यार्थी देखिन्छन् । ‘धेरैजसो विद्यालयमा प्राथमिक तहमा बेन्च खाली र थोरै देखिन्छन ।
img_3449
देशभरको समस्या भएपनि राज्यको ठुलो लगानी खेर गइरहेको छ’ जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले भने । उनले तत्कालिन समयमा वडौपिच्छे प्रतिस्पर्धा र पुवार्धारको अभावमै विद्यालयको अनुमति दिइएकाले पनि अहिले समस्या बनेको बताउँदै स्थानीयस्तरबाटै छिमेकी विद्यालयमा मर्ज गर्ने गरी सक्रियता देखाए समस्याको समाधान हुने बताए । कम विद्यार्थी भएका विद्यालय मर्ज भएर सामुदायिक विद्यालयको अनुदानको समेत सदुपयोग तथा थप गर्न सकिने जिशिअ श्रेष्ठको भनाई छ ।

मावितहसम्म सञ्चालन गरिएका विद्यार्थीमा बालविकासबाटै संख्या घट्न थालेपछि कुल निमावी र मावितहमा समेत विगतका बर्षको तुलनामा विद्यार्थीको कमी हुन थालेपछि शिक्षक समेत फुर्सदमा दिन विताउन थालेका छन्। सरकारी मापदण्ड अनुसार पहाडमा प्रावि तहमा ४५ जना विद्यार्थी हुनुपर्छ । प्रावि तहका विद्यार्थी संख्या बराबर मावितहमै भेटिदैनन् । विद्यार्थी संख्या घट्नुमा अभिभावकको अंग्रेजीप्रतिको मोह समेत रहेको सरोकारावालाको भनाई छ ।
img_3447
कम विद्यार्थी हुने विद्यालयमा शिक्षकले समेत कम जिम्मेबारी महसुस गर्ने गरेकाले गुणस्तरीय शिक्षाको सवाल समेत उठ्ने गरेको छ ।विद्यार्थी संख्या कम भएपछि एउटै कोठामा समेत तीनवटा कक्षा सञ्चालन गरेको समेत भेटिएको छ । यसैविच मावितको दरबन्दी नभएका जिल्लाका १९ वटा सामुदायिक विद्यालयमा दरबन्दी, मर्ज लगाएतका शैक्षिक एजेण्डामा समेत छलफल र सहमति हुन नसकेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
म्याग्दीको भकिम्ली गाविसको मरेक गाउँमा रहेको नवज्योती प्राविका शिक्षक र विद्यार्थी । तस्विर हरिकृष्ण गौतम