म्याग्दीका सुन्तलाको बजार पोखरा–काठमाण्डौं

0

म्याग्दीका सुन्तलाको पोखरा र काठमाण्डौमा बजार पाएको छ ।बेनी नगरपालिका–१३ बास्कुनासंगै भकिम्लीको मरेक,राखु, बरंजा लगाएतका स्थानमा उत्पादन भएका सुन्तला धमाधम जिल्ला बाहिर जान थालेपछि कृषक उत्साहित भएका छन् । अन्य ठाउँको सुन्तला भन्दा बढि स्वादिलो, गुणस्तरीय र गुलीयोपन भएकाले बजारमा उच्च माग रहेको मरेकका सुन्तला कृषक विरबहादुर थापाले बताए।‘सुुन्तलाको बजार जिल्ला बाहिर छ ।

केहीबर्ष यता जिल्ला बाहिरबाट धमाधम सुन्तला खरिद गर्न थालेका छन’ थापाले बेनीअनलाइनलाई भने । यसबर्ष उत्पादन भएको मरेकका सुन्तलाहरू विक्री हुन थालेको छ । गतबर्षको तुलनामा उत्पादनमा भारी गिरावट आएको बास्कुनाबाट सोमबारसम्म १० मेट्रिकटन सुन्तला पोखरा र काठमाण्डौ पुगेको छ ।
sam_6784

बोटबाटै सुन्तला झर्ने तथा सिचाईको अभावका कारण उत्पादनमा गिरावट आएको स्थानीय कृषक भिम गुरुङले बताए । ‘हामी निरास छौ, यसपटक अपेक्षा गरेअनुसारको सुन्तला बजारमा लैजान सकेनौ’ गुरुङले भने । बास्कुनाको सुन्तला लगातार कालीमाटी मण्डीमा पुग्ने गरेको छ । गतबर्ष १६ लाखको सुन्तला बास्कुनाबाटै निर्यात भएको थियो । बास्कुनामा गतबर्षको तुलनामा करिव ५० प्रतिशत उत्पादन घटेको कृषकले बताएका छन् । कृषकले गतबर्षको तुलनामा उत्पादन घटेको बताइरहेको अवस्थामा कृषि विकास कार्यालयले गतबर्षको तुलनामा ८ प्रतिशत उत्पादन बढ्ने दावी गरेको छ ।
orange-myagdi-3
‘ए’ ग्रेडको सुन्तला प्रतिकेजी बोटबाटै ७० देखी ७३ रुपैयाँमा विक्रि गरेका छन । साना बगान भएका कृषकले जिल्ला भित्र खपत गर्ने गरेका छन् । जिल्लाको बास्कुना, भकिम्लीको मरेक, राखु, बरंजा, ताकम, बिम, मुदी, घार, हिस्तान, दोवा, नारच्याङ लगाएतका गाविस सुन्तला उत्पादनमा पकेट क्षेत्र मानिएको जिल्ला कृषि विकास कार्यालयका बागबानी अधिकृत भोज बहादुर थापाको भनाई छ । एक कृषकले ४० हजार देखी ६ लाखसम्म सुन्तला विक्री गर्ने गरेका छन् । गतबर्ष २ हजार ८६ मेट्रिक टन अर्थात ७ करोड ३० लाख १० हजार बराबरको सुन्तला उत्पादन भएको कार्यालय जनाएको छ ।