म्याग्दी दोवाकी लिला पुन ‘समुन्द्रपारी’विन्ध्यबासिनी म्यूजिक अवार्ड–२०७३ को सर्वोत्कृष्ट महिला गीतकार सुगम संगित तर्फका उत्कृष्ट पाँचमा छनौट भएकी छन् । ‘निभ्नै लागेको दियो जस्तै थियो जिन्दगी’ लोकप्रिय गितकी गितकार पुनलाई सर्वोत्कृष्ट बनाउने अभियानमा म्याग्देली जुटेका छन् ।
मोना यूकेकी महिला उपाध्यक्ष समेत रहेकी पुनले सामाजिक तथा संस्थागत अभियान संगै गितसंगित अभियानमा समेत समय दिएको बताईन् । ‘मलाई सर्वोत्कृष्ट बनाउने अभियानमा सक्रिय हुनुभएका सबैलाई धन्यवाद । आज अन्तिम दिन भएकाले भोट गर्नुहुन अनुरोध गर्दछु’ पुनले बेनीअनलाइनलाई भनिन् ।

समुन्द्रपारी नामले चिनिने पुनले यूकेमा रहेरसमेत नेपाली गीतसंगितको क्षेत्रमा सहयोग गर्ने गरेकी छन् ।‘सबैको साथ आवश्यकता छ ।म्याग्देली चेलीलाई विजय बनाउने अभियानमा जुट्न अपिल गर्दछु’ मोना यूकेका अध्यक्ष कमल बहादुर पुर्जाले भने । विन्ध्यबासिनी फाउण्डेसनको साँतौ संस्करण अन्र्तरगतका विभिन्न ३१ विद्याका अवार्डका लागि उत्कृष्ट पाँचमा पर्न सफल कलाकारहरूको नाम सार्वजनिक गरिएको थियो ।पुनलाई सर्वोत्कृष्टको उपाधीका लागि स्वदेश तथा विदेशमा रहेका म्याग्देली एकजुट भएका छन् ।
Bhot for nibhnai lageko diyo jastai thiyo jindagi (lila pun samundra pari) BMA 31D SEND TO 33001