(प्रताप बानियाँ)
महायज्ञको उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँले म्याग्दी जिल्ला पर्यटकीय हिसाबले सम्भावनायुक्त भएकाले यसको विकास तथा प्रवद्र्धनका लागि पहल गर्ने बताउनुभयो । पर्यटन देशको मेरुदण्ड भएकोले यसको विकासका लागि धार्मिक र आध्यात्मिक ज्ञान महायज्ञ तथा क्रियाकलापहरु सहयोगी हुने मन्त्री बानियाँको भनाई छ ।
महायज्ञका प्रमुख कथावाचक पं. नारायणप्रसाद न्यौपानेले धर्मको नाममा बिकृति फैलिएको बताउँदै महायज्ञ र धार्मिक कार्यमार्फत मानवीय सेवा एवं पितृहरुको उद्धारजस्ता सद्गुणहरु विकसित गर्दै जानुपर्नेमा जोड दिनुभयो । यसैगरी सांसद रेशमबहादुर बानियाँले जिल्लाको विकास निर्माण र पर्यटकीय क्षेत्रको विकासका लागि राज्यमन्त्रीको ध्यानाकर्षण गराउँदै धार्मिक क्षेत्रको विकास र प्रवद्र्धनमा महायज्ञ महत्वपूर्ण रहने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस काठमाण्डौं जिल्ला सभापति सबुज बानियाँ, म्याग्दीका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य, बानियाँ बन्धु समाज नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष नरबहादर बिसी, स्थानीय विकास अधिकारी प्रेमराज गिरी, नेकपा माओवादी केन्द्र म्याग्दीका संयोजक गोविन्द पौडेल, पौलस्त्य पुलहाश्रम क्षेत्र विकास कोषका सचिव माधवप्रसाद रेग्मी, थकाली सेवा समाजका पूर्व केन्द्रिय सदस्य विमला गौचन, क्षत्री समाज म्याग्दीका अध्यक्ष अमृतदेवी बानियाँ र समाजसेवी केबी भण्डारीले मन्तव्य राखेका थिए ।
सोही अवसरमा प्रमुख अतिथि ईन्द्र बानियाँलाई पर्यटन राज्यमन्त्रीमा नियुक्त हुनुभएकोमा दोसल्ला र मायाको चिनोसहित सम्मान गरिएको छ । महायज्ञको पहिलो दिन बुधबार करिब ७ लाख रुपैयाँ सङ्कलन भएको बानियाँ बन्धु समाज म्याग्दीले जनाएको छ ।
महायज्ञमा समाजसेवी लिलाबहादुर बानियाँले १ लाख ५५ हजार, पाँचसय ५५, पर्यटन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँले १ लाख ११ हजार एकसय ५१, सांसद रेशमबहादुर बानियाँ १ लाख ११ हजार एकसय ११, नेपाली काँग्रेस काठमाण्डौं जिल्ला सभापति सबुज बानियाँले १ लाख ११ हजार एकसय ११, नरबहादुर बिसीले ५५ हजार पाँचसय ५५, रामबहादुर बानियाँले ५५ हजार पाँचसय ५५ र खिमबहादुर बानियाँले ५१ हजार एक रुपैयाँ सहयोग गरेका छन् ।
महायज्ञ सुरु हुनुपूर्व सदरमुकाम बेनीबजारमा बाजागाजा र भजनकिर्तनसहित ¥याली र कलश यात्रा गरिएको थियो । बानियाँ बन्धु समाज म्याग्दीका अध्यक्ष एवं महायज्ञ मूल आयोजक समितिका संयोजक यामबहादुर बानियाँको अध्यक्षता, उपाध्यक्ष देवेन्द्रबहादुर बानियाँको स्वागत र सचिव शिव बानियाँको सञ्चालनमा सम्पन्न उद्घाटन कार्यक्रममा महायज्ञ आयोजक समितिका महासचिव दलकेशर बानियाँले महायज्ञ आयोजना गर्नुको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।