(हरिकृष्ण गौतम)
म्याग्दीको घार गाविस खिवाङका याम बहादुर पुर्जाको करबाके बाबाको ओखा र विविध पूजा नामक पुस्तकको विमोचन गरिएको छ । पोखराको लामाचौरस्थित लालीगुराँस पुन मगर समाजमा आयोजित एक समारोह विच पुर्जाकी ९४ बर्षिया माता पविसरा पुर्जाले विमोचन गर्नुभएको थियो ।
20161207_125803
उत्तरी म्याग्दीका विभिन्न गाविसमा थाईला झाँक्रीको नामले लोकप्रिय रहेका पुर्जाले मगरजाती अन्र्तरगत पुनमगरहरूको आफ्नै मौलिक परम्परा र प्रचलनहरू रहेपनि आधुनिकतासंगै भित्रिएका आयातित परम्पराले मौलिक परम्परालाई हस्तक्षेप गरेको अवस्थामा यूवापूस्तालाई आफ्नो पुरानो प्रचलनहरूको संरक्षणमा सक्रिय बनाउन पुस्तक प्रकाशित गरेको बताए । ‘मैले सानोदेखी यो पेशामा सक्रिय हुने अवसर पाए । सबै साथीहरू लाहुरे हुदाँ मैले भाक्री पेशा अङ्गालेको थिए’ पुर्जाले भने । ८ बर्षको उमेरमा पिता मनिराम गर्बुजाले सुर्यग्रहण लागेको बेलामा मन्त्र सिक्नुपर्छ भनेर मन्त्र सिकेको उनको भनाई छ ।

कलिलै उमेरमा गाउँलका घरघरमा पुगेर देवधाम, तन्त्रमन्त्र गरी धेरैको सेवा गरेको बताउँदै धार्मिक परम्परालाई आधुनिक समाजले गरेको नाङ्गो हस्तक्षेप गरेको अवस्थामा आफ्नो अनभुव सहित पुस्तक प्रकाशन गर्ने योजनामा परिवारले साथ दिएको बताए । तन्त्रमन्त्र सहित २०५० सालमा पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय गण्डकी अस्पतालमा प्राथमिक उपचारको तालिम लिएर घोरेपानीमा स्वास्थ्य चौकीमा समेत कार्यरत रही सेवा गरेको बताए । पुस्तकमा समावेश विधिका आधारमा आफैले समेत पुजाआजा गर्न मिल्ने पुनमगर समुदायका अगुवाहरुको भनाई छ ।
20161207_163325
३ सय ४४ पेजको पुस्तकमा झाँक्री र जैशीको उत्पत्ति, पृथ्वी उत्पत्ती भएकोबाट कुलदेवता कथा ओखा लगाएत झाक्री पुजा सम्बन्धि १३ अध्याय समावेश गरिएको छ । पुस्तकको प्रकाशक पुर्जाका भाई एवम् धौलागिरि नौमति बाजा समुह यूकेका अध्यक्ष बिल पुर्जाले गरेका छन् । पुस्तक विमोचन कार्यक्रमको अवसरमा आयोजित कार्यक्रममा बोल्न बक्ताले धार्मिक र जातीय सिन्डिकेटका कारण जनजातीका पुराना कला र संस्कृति, धार्मिक मान्यताहरु ओझेल र लोपउन्मुख अवस्थामा पुगेको बताएका थिए । कार्यक्रमका प्रमुख अतिथि पुस्तकका भाषा सम्पादक एवम् मगर समुदायका अगुवा भावेश भु्मरीले पुस्तकले मगरजातीको पुजाआजामा प्रयोग हुने विधिलाई समेटेको बताए ।
20161207_125813
सोही अवसरमा म्याग्दी पोखरा सम्पर्क समितिका अध्यक्ष नारायण पुन, धौलागिरि नौमती बाजा समुह यूकेका अध्यक्ष बिल पुर्जा, गायक कुमार पुन, पुस्कर विवेक थापा, इन्द्र बहादुर गर्बुजा, लक्ष्मी कुमार गर्बुजा लगाएतले मन्तब्य राखेका थिए । सोही अवसरमा पुख्यौली नृत्य सहित विभिन्न साङ्गितिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । लालीगुराँस पुन मगर समाजका अध्यक्ष मेख बहादुर गर्बुजाको अध्यक्षता , उपाध्यक्ष क्याप्टेन चन्द्र बहादुर पुनको स्वागत र सचिव तारादेवी पुनको सञ्चालनमा सम्पन्न भएको थियो । यसैविच पुर्जा परिवारले पुख्यौली समुहलाई १ लाखभन्दा बढी आर्थिक सहयोग गरेका छन् ।

विज्ञापन