बानियाँ बन्धु समाज जिल्ला कार्यसमिति म्याग्दीद्वारा आयोजित श्रीमद्भागवत् धनधान्याचल एवं पितृमोक्ष सप्ताह ज्ञान महायज्ञको दोस्रो दिनसम्म झण्डै १० लाख रुपैयाँ सङ्कलन भएको छ । ‘सु–संस्कृत जीवनका लागि पितृमोक्ष एवं कुलवंश उद्धार’ भन्ने मूल नारासहित बानियाँहरुको कुलमन्दिर जालपादेवी भिरमुनीमा लगाइएको महायज्ञको आजसम्म कुल नौलाख ५० हजार रुपैयाँ सङ्कलन गरिएको हो ।
img_1037
महायज्ञको दोस्रो दिन बिहीबार सबैभन्दा बढी म्याग्दीको अर्थुङ्गे निवासी हिराबहादुर बानियाँले १ लाख ११ हजार एकसय ११ र डाँडाखेतका दिलबहादुर बानियाँले ५० हजार एकसय ५५ रुपैयाँ सहयोग गरेको महायज्ञ मूल आयोजक समितिका संयोजक यामबहादुर बानियाँले बताए ।
img_1055
बानियाँ बन्धुको कुलवंश तथा पितृ उद्धारका लागि आयोजित महायज्ञमा बालव्यास पण्डित नारायप्रसाद न्यौपानेले सङ्कितमय कथावाचन र प्रवचन गरिरहेका छन् । आगामी २८ गतेसम्म चल्ने महायज्ञबाट बानियाँहरुको कुलमन्दिरको पूनर्निर्माणका साथै पर्यटकीय एवं धार्मिक क्षेत्र पुलस्त्य, पुलहाश्रम र जगन्नाथ मन्दिरको प्रचारप्रसार तथा पदमार्ग निर्माण गरिने बताइएको छ ।
img_1046
img_1049
img_1039