म्याग्दीका लोकगायक नकुल ढकाल विन्ध्यबासिनी म्यूजिक अवार्ड २७३ को नवगायक विद्याको सर्वोत्कृष्ट घोषित भएका छन्। विन्ध्यबासिनी फाउण्डेसनको साँतौ संस्करण अन्र्तरगत शुक्रबार आर्मी अफिसर क्लव काठमाण्डौमा आयोजित कार्यक्रममा ढकालले चारजनालाई पछाडी पादैं सवोत्कृष्ट उपाधी हात पारेका हुन् ।

‘निकै उत्साहित भएको छु । गायनको क्षेत्रमा थप जिम्मेबारी बढेको छ’ ढकालले बेनीअनलाइनलाई भने । उनले राम्रा गीतहरू श्रोताहरुको रोजाईमा पर्ने भएकाले पनि आगामी दिनमा समेत यसलाई निरन्तरता दिने बताए । म्याग्दीमा ब्यापार, सामाजिक क्षेत्र संगै गायन पेशालाई समेत निरन्तरता दिइरहेका ढकालले गतबर्ष बजारमा ल्याएको रोइला गीत रुँदै मेला पातै भन्नेले निकै लोकप्रियता कमाएको थियो । नेपालीको मौलिकता झल्कने उक्त गीतमा चर्चित लोकगायिका मुना थापामगरले ढकाललाई साथ दिएकी थिईन् ।

लोक दोहारी प्रतिष्ठान धौलागिरि अञ्चलको कोषाध्यक्ष समेत रहेका ढकालले आगामी दिनमा समेत लोकप्रियता कमाउने गीतहरुलाई बजारमा ल्याउने प्रतिबद्धता जनाएका छन् । उत्कृष्ट पाँचमा परेपछि ढकाललाई सवोत्कृष्ट बनाउन अभियान नै सञ्चालन गरिएको थियो । भोटिङ र आन्तरिक मुल्याङ्कनका आधारमा मानोनयनमा परेका कलाकारहरुबाट छनौट भएकालाई शुक्रबार भब्य समारोहका विच सम्मान गरिदैछ ।