म्याग्दीको भगवती–८ सिजल बस्तीमा आगलागीबाट विस्थापित भएको एक परिवारलाई सहकारीले मुठी दान कार्यक्रम मार्फत लत्ताकपडा सहयोग गरेको छ। सदरमुकाम बेनीमा महिलाको लगानी र ब्यवस्थापनमा संचालित दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाले आगलागीबाट पिडित परिवारका सदस्यलाई ७ हजार बराबरको विस्तारा उपलब्ध गराएको छ।

शुक्रबार आयोजित कार्यक्रममा सांसद नवराज शर्माले पिडितका आफन्त तिर्सना केसीलाई चार सेट विस्तारा हस्तान्तरण गरेका छन् । सहकारीको सामाजिक तथा परोपकारी अभियानले सर्वसाधारणलाई सहकारीप्रति आर्कषित गरिरहेको सांसद शर्माले बताए । ‘ सहकारीले सञ्चालन गरेको अभियानबाट उत्साहित छु। अगामी दिनमा समेत यस्तै अभियानको अपेक्षा गरेको छु’ शर्माले भने । उनले महिलाको ब्यवस्थापनमा सञ्चालन भइरहेको सहकारीले निरन्तर सञ्चालन गरेको अभियानल सहकारी प्रति आर्कषित बढाएको बताए ।
img_6710
आर्थिक अवस्था कमजोर भएका ब्यक्ति र संघसंस्थालाई मुठीदान अभियान सञ्चालन गर्ने गरेको छ । २०६८ सालमा स्थापना भएको सहकारीले अभियान मार्फत खाद्य साम्रागी, लत्ताकपडा, नगद सहयोग गर्ने गरेको छ । ५ सय ९७ जना सेयर सदस्य रहेको दिदीबहिनी सहकारीमा ६ करोड ४६ लाख निक्षेप, ७ करोड ४३ लाख लगानी, र १ करोड ७२ लाख सेयर पुँजी रहेको छ । कार्यक्रमको सञ्चालन उपाध्यक्ष ज्योती लामिछाने पौडेलले गर्नुभएको थियो ।