पर्वत–३ माझफाँट स्थायी घर भएकी तेजकुमारी गैरे ‘रुविना’को सम्झनामा स्मृति कोषको स्थापना गरिएको छ । शुक्रबार सदरमुकाम बेनीस्थित दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थमा आयोजित शोक सभाको अवसरमा संस्थाकी सेयर सदस्य समेत रहेकी स्वर्गीय गैरका परिवारले छोरीको सम्झनामा स्मृति कोषको स्थापना गरेका हुन् । जिल्ला अस्पताल म्याग्दीका कार्यरत रहेकी गैरेको गत कात्तिक २१ गते असमायिक निधन भएको थियो ।

म्याग्दीको बरंजा–४ मा विवाह गरेकी गैरेको कलिलै उमेरमा भएको निधनबाट परिवारसंगै सहकारीलाई अपुरणीय क्षती पुगेको सहकारीकी अध्यक्ष जमुना आचार्यले बताईन् । ‘कलिलै उमेरमा मृत्यु रोज्ने अवस्थाको अन्त्य गर्ने अभियानमा कोषले सहयोग गर्नेछ । महिलाको क्षेत्रमा कोषमार्फत विभिन्न सामाजिक कार्यक्रम गरिनेछ’ आचार्यले भनिन् । मृतकका आफन्तले समेत सहकारीमा स्थापना गरिएको तेजकु्मारी गैरे ‘रुविना’ स्मृति कोषलाई आवश्यकता अनुसार सहयोगको प्रतिबद्धता जनाएका थिए।
img_6715
कोष स्थापनाको अवसरमा आयोजित कार्यक्रममा मृतक रुविनाका मामा एवम् सांसद नवराज शर्माले वर्तमानमा भइरहेका घटनाबाट पाठ सिकेर भविस्यमा त्यस्ता घटना हुन नदिने गरी अभियान सञ्चालन गनुर््पर्नेमा जोड दिए । सोही अवसरमा मृतकको सेयर रकम २० हजार, सांसद नवराज शर्मा १० हजार, सहकारी १० हजार, श्रीमान प्रकाश रेग्मी ५ र शुभचिन्तक शम्भु पाण्डे ५ हजार गरी ५० हजाको कोष स्थापना गरिएको थियो । कोषमार्फत हरेकबर्ष महिला हिंसा संगै विभिन्न जनचेतनामुलका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।