(प्रताप बानियाँ)
बानियाँ बन्धु समाज जिल्ला कार्यसमिति म्याग्दीद्वारा आयोजित श्रीमद्भागवत् धनधान्याचल एवं पितृमोक्ष सप्ताह ज्ञान महायज्ञको तेस्रो दिनसम्म १७ लाख रुपैयाँ सङ्कलन भएको छ । ‘सु–संस्कृत जीवनका लागि पितृमोक्ष एवं कुलवंश उद्धार’ भन्ने मूल नारासहित बानियाँहरुको कुलमन्दिर जालपादेवी भिरमुनीमा लगाइएको महायज्ञको आजसम्म कुल १७ लाख १२ हजार ६ सय २२ रुपैयाँ सङ्कलन गरिएको हो ।
img_00171
महायज्ञको तेस्रो दिन सबैभन्दा धेरै बानियाँ बन्धु समाज म्याग्दीका अध्यक्ष एवं महायज्ञ मूल आयोजक समितिका संयोजक यामबहादुर बानियाँ (रामु)ले २ लाख २२ हजार २ सय २२ रुपैयाँ सहयोग गरी सभानायक भएका छन् । यसैगरी बानियाँ बन्धु समाजका भूपू अध्यक्ष एवं संरक्षक सुर्यप्रकाश बानियाँले २ लाख २ सय २ रुपैयाँ सहयोग गरेको आर्थिक सङ्कलन उपसमिति संयोजक क्याप्टेन धर्मराज बानियाँले जानकारी दिए ।
img_00622
त्यस्तै बेनी नगरपालिका–११ भिरमुनीका चन्द्रबहादुर बानियाँले १ लाख ५१ हजार १ सय ५१ र बानियाँ बन्धु समाज म्याग्दीका कोषाध्यक्ष यामबहादुर बानियाँले ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको उनले बताए । त्यसैगरी बेनपा–६ मङ्गलाघाटका भेषबहादुर बानियाँले ५१ हजार रुपैयाँ बराबरको कम्प्युटर सहयोग गरेको बानियाँ बन्धु समाज म्याग्दीले जनाएको छ । दोस्रो दिन बिहीबार सबैभन्दा बढी म्याग्दीको अर्थुङ्गे निवासी हिराबहादुर बानियाँले १ लाख १५ हजार ५ सय ३६ र डाँडाखेतका दिलबहादुर बानियाँले ५० हजार एकसय ५५ रुपैयाँ सहयोग गरेका थिए ।
img_00551
बानियाँ बन्धुको कुलवंश तथा पितृ उद्धारका लागि आयोजित महायज्ञमा बालव्यास पण्डित नारायप्रसाद न्यौपानेले सङ्कितमय कथावाचन र प्रवचन गरिरहेका छन् । आगामी २८ गतेसम्म चल्ने महायज्ञबाट सङ्कलित रकमले बानियाँहरुको कुलमन्दिरको पूनर्निर्माणका साथै पर्यटकीय एवं धार्मिक क्षेत्र पुलस्त्य, पुलहाश्रम र जगन्नाथ मन्दिरको प्रचारप्रसार तथा पदमार्ग निर्माण गरिने बताइएको छ । उक्त महायज्ञमा सामूहित ब्रतबन्ध, तुलादान, विवाह, चौरासी पुजालगायतका धार्मिक कार्यहरु समेत रहेको छ ।
img_00541
img_00411
img_00235
img_00371