सत्ताको हानथापले लगानीको वातावरण बनेको छैन: मुरारका

0
237

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले राजनीतिक दल विच सत्ताको हानथापले देशमा अस्थीरता बढेको बताएका छन् । सत्तामोहका कारण राजनीतिक मुद्धाले आर्थिकलाई ओझेर र असुरक्षित बनाएको कारण देशमा लगानीको वातावरण कमजोर बन्दै गइरहेको बताए ।

राज्य सञ्चालनको जिम्मेबारी पाएका दलको सत्ता केन्द्रित गतिविधिका कारण राजनीतिक मुद्धाले आर्थिक मुद्धालाई ओझेलमा पारेको मुरारकाको भनाई छ । देशमा आवश्यक लगानी भित्राउन तथा लगानीमा आर्कषित गर्ने प्रयासहरूमा राजनीतिक दल विचको सत्तामोह र लगानीका क्षेत्रमा प्रतिबद्धता अनुसारको काम नभएको बताए ।

पर्यटन, कृषि र जलविद्युतमा प्रचुर सम्भावना भएपनि लगानीका लागी अहिलेसम्म भएका सबै घोषणाहरूलाई कार्यान्वयनमा ल्याउन राजनीतिक दलको उदासिनता प्रमुख कारण भएको अध्यक्ष मुरारकाको आरोप छ । म्याग्दीको सदरमुकाम बेनीमा आयोजित म्याग्दी उद्योग वाणिज्य संघको २३ औ बार्षिक साधारण सभाको अवसरमा बोल्दै मुरारकाले एउटा पुस्ता राजनीतिक अस्थीरताबाटै सकिएको बताउँदै यसले देशलाई ठुलो घाटा भएको बताए । उनले देशमा जलविद्युत र पर्यटनका क्षेत्रमा लगानी भित्राउने घोषणा र भाषण धेरै हुने गरेपनि लगानीकर्ता ढुक्क भएर लगानी गर्न महासंघले अनुरोध गर्ने अवस्था नभएको बताए ।
img_6876
देशमा ठुला उद्योग भित्राउने वातावरण तथा भित्रिएका लगानीलाई संरक्षण गर्ने गरी काम गर्नुपर्नेमा दलैपिच्छे ब्यापार संगठन बनाएर राजनीतिकरण गर्न खोजिएको उनको भनाई छ । देशमा अन्र्तराष्ट्रियस्तरबाट लगानी भित्राउने गरी महासंघ मार्फत भइरहेको पहलमा समेत अवरोध भइरहेको बताउँदै जलविद्युतमा लगानी गर्न राज्यले अबलम्बन गरेका नीतिहरूलाई परिवर्तन गर्नुपर्ने बताए ।
img_6875
साधारण सभाको अवसरमा म्याग्दीका सांसद नवराज शर्मा, नरदेवी पुन, रेशम बहादुर बानियाँ, राजनीतिक दलको तर्फबाट नेपाली कांग्रेस म्याग्दीका सचिव हरिकुमार श्रेष्ठ, महासंघका केन्द्रिय सदस्य प्रमोद श्रेष्ठ, पुर्व केन्द्रिय सदस्य सुर्यप्रसाद मर्सानी, संघका पु्र्व अध्यक्ष कुविर कुमार श्रेष्ठ, सुर्दशनकुमार श्रेष्ठ, संघसंस्थाको तर्फबाट गैरसरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद पौडेल, पत्रकार महासंघका अध्यक्ष सुरत केसी लगाएतले मन्तब्य राखेका थिए । सोही अवसरमा जिल्लाको उद्योगब्यापारमा महत्वपुर्ण भूमिका खेलेका ब्यापारीलाई सम्मान गरिएको थियो । कार्यक्रमको अध्यक्षता तथा प्रगति प्रतिबेदन अध्यक्ष जिवन कुमार विश्वकर्मा, समापन बरिष्ठ उपाध्यक्ष उत्तम कर्मचार्य र सञ्चालन महासचिव राजेश शाक्यले गरेका थिए ।