छन्त्याल संघको अध्यक्षमा चित्रमान घरब्जा निर्वाचित

0
359

नेपाल छन्त्याल संघ म्याग्दीको अध्यक्षमा चित्रमान घरब्जा छन्त्याल निर्वाचित भएका छन् । संघको शनिबार बेनीमा सम्पन्न चौथो जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा १३ सदस्यीय जिल्ला कार्य समिति चयन निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा रेशम छन्त्याल (भकिम्ली), सचिबमा अमरसिंह छन्त्याल, कोषाध्यक्षमा डमकुमारी छन्त्याल र सहसचिबमा रेशम छन्त्याल (मच्छिम) छन् ।
img_6863
त्यस्तै, सदस्यहरुमा सुरेन्द्र छन्त्याल, टेकजित छन्त्याल, लक्ष्यबहादुर छन्त्याल, डम्मरबहादुर छन्त्याल, तमबहादुर छन्त्याल, टेकबहादुर छन्त्याल, तेमायाँ छन्त्याल र चितकुमार खड्का छन्त्याल रहेका छन् । म्याग्दी, कालीगण्डकी र रघुगंगा क्षेत्रलाई समावेश गरेर जिल्ला कार्य समिति चयन गरिएको निर्वाचन समितिका संयोजक गिरिप्रसाद छन्त्यालले जानकारी दिए ।
img_6853
पुस १५, १६ र १७ गते पोखरामा हुने छन्त्याल संघको राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा जिल्ला अधिवेशन भएका हुन् । जिल्ला अधिवेशनपूर्व कुईनेमंगले, गुर्जा, मल्कबाङ, भकिम्ली, ताकम, बरंजा, ओखरबोट, देविस्थान, पाखापानी, बेनी लगायतका क्षेत्रमा प्रारम्भिक समितिको अधिवेशन सम्पन्न भईसकेका छन् ।
chhantyal-1
यसअघि, जिल्ला अध्यक्ष ओम छन्त्यालको अध्यक्षतामा भएको उद्घाटनमा बोल्दै नेपाल छन्त्याल संघ केन्द्रीय निर्वतमान अध्यक्ष इन्द्रजित भलञ्जा छन्त्यालले जातीय उत्थान र विकासका लागि छन्त्याल समुदाय एक हुनुपर्ने बताए । राज्य संघीय संरचनामा प्रवेश गर्न लागेको अवस्थामा छन्त्याल समुदायको बाहुल्य भएको स्थानमा विशेष संरक्षित क्षेत्र घोषणा गर्न समेत उनले माग गरे ।
img_6849
रेशम छन्त्यालले स्वागत गरेको कार्यक्रममा महाधिवेशन आयोजक समितिका संयोजक कमल छन्त्याल, केन्द्रीय सचिब चन्द्रमान छन्त्याल, सहकोषाध्यक्ष मुकुन्द्र छन्त्याल, महाधिवेशन आयोजक समिति सदस्य तारामिलन छन्त्याल, गोविन्द डाँडामारे छन्त्याल, नेपाल छन्त्याल संघ युकेका अध्यक्ष तुल छन्त्याल, प्रारम्भिक समितिको तर्फबाट चित्रमान छन्त्याल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम सुरु हुनुपूर्व बाजागाजा र छन्त्याल पोशाकमा सहभागिहरुले बेनीबजार परिक्रमा गरेका थिए भने कार्यक्रमको सञ्चालन धनबहादुर छन्त्यालले गरेका थिए ।
img_6846