भलिबलको क्षेत्रीय छनौट : पुरुषमा नवलपरासी र रुपन्देही, महिलामा कास्की सशक्त

0

शनिबारदेखि बेनीमा सुरु भएको भलिबलको क्षेत्रीय छनौट तर्फ पुरुषमा नवलपरासी र रुपन्देही सशक्त देखिएका छन् भने महिला तर्फ कास्की बलियो देखिएका छन् । प्रतियोगितामा पुरुषतर्फ पश्चिमाञ्चलका १६ वटै जिल्ला र महिला तथा १० जिल्लाले सहभागिता जनाएका छन् । उद्घाटन सत्रपछि आयोजित प्रतियोगितामा पुरुषको १० र महिलाको १५ म्याच सम्पन्न भए । पुरुषमा पश्चिमाञ्चलको पावरहाउस मानिएको नवलपरासीले विजय सुरुवात गर्दा रुपदेन्हीले दुई म्याच आफ्नो पक्षमा पारेका छन् । लिग चरणमा खेलाईएको खेलमा हरेक जिल्ला ३ वटा म्याच खेल्न पाउनेछन् ।
img_6842
आयोजकले दिएको जानकारी अनुसार, मनाङले लमजुङ, स्याङजाले मुस्ताङ, कपिलबस्तुले अर्घाखाँची, रुपन्देहीले पाल्पा र कपिलबस्तु, तनहुँले गोर्खा, कास्कीले पर्वत, नवलपरासीले म्याग्दी, गुल्मी र बाग्लुङ र स्याङजाले मनाङलाई पराजित गरेका छन् । त्यस्तै महिलातर्फ कास्कीले तनहुँ र लमजुङ, स्याङजा र बाग्लुङले पाल्पालाई हराउँदै अघिल्लो चरण प्रवेशलाई सहज बनाएको छ ।