म्याग्दीका तीनजना पत्रकार सम्मानित

0
210

शनिबार म्याग्दी उद्योग वाणिज्य संघको २३ औ बार्षिक साधारण सभाको अवसरमा म्याग्दीका तीन पत्रकार सम्मानित भएका छन् । जिल्लाको आर्थिक, सामाजिक, परोपकारी तथा खोज पत्रकारिताको क्षेत्रमा अतुलनीय योगदान पु¥याएको भन्दै पत्रकार घनश्याम खड्का, सन्तोष गौतम र हरिकृष्ण गौतमलाई सम्मान पत्रले सम्मान गरिएको हो ।
15442300_1371767446180821_9106723403511030946_n
साधारण सभाको अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपती मुरारका र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन कुमार विश्वकर्माले सम्मानपत्रले सम्मान गरेका थिए । म्याग्दी उद्योग वाणिज्य संघले पहिलो पटक पत्रकारलाई सम्मान गर्ने कार्यक्रमको सुरुवात गरेको छ ।
15317868_1371767456180820_8538144986136266018_n
सम्मानित हुने घनश्याम खड्का कान्तिपुर दैनिक, सन्तोष गौतम रासस, सगरमाथा टेलिभिजन, म्याग्दीकाली एफएम, धौलागिरि टिभी र हरिकृष्ण गौतम बेनीअनलाइन, नागरिक दैनिक, न्यूज २४ टेलिभिजनमा कार्यरत छन्। संघका अध्यक्ष विश्वकर्माले पत्रकारलाई प्रोत्साहन गर्ने गरी आगामी बर्ष समेत सम्मानको कार्यक्रमलाई निरन्तरता दिने बताए । यसैविच स्नातकतहमा सर्वोत्कृष्ट हुने विद्यार्थीलाई च्याम्बर अवार्ड र जिल्लामा विभिन्न उद्योग ब्यापारको क्षेत्रमा सक्रिय रहेका उद्यमी, र ब्यापारीलाई समेत सम्मान गरिएको थियो ।