नेपाल विद्युत प्राधिकरणको पर्वत जिल्ल्ााको कुश्मा शाखामा कम्प्युटर सिष्टमवाट आर्थिक कारोवार शुरु गरिएको छ । ग्राहकहरुलाई सर्वसुलभ तरिकावाट सेवा उपलव्ध गराउने उद्धेश्यले कार्यालयले सम्पुर्ण कारोवारहरु कम्प्युटरवाट गर्न थालेको जनाएको छ ।

पर्वत जिल्ल्ााका ५५ गविसहरु मध्ये ३३ गाविसमा विद्युत सेवा पुगिसकेको छ भने केही गाविसरुमा यसै वर्ष वाल्ने तयारी भैरहेको छ । गाउँगाउँका जनताहरुलाई छिटो छरितो सेवा उपलव्ध गराउन तथा पारदर्शि ढंगवाट हिसावकिताव गर्नको लागि विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयवाटै कम्प्युटर प्रदान गरिएको जनाइएको छ । लेखाविवरण सुरक्षीत र पारदर्शी वनाउनको लागि पाँचवटा कम्प्युटरहरु ल्याइसकिएको र सिष्टम लोड गरी प्याकेज तयारीमा रहेको प्राधिकरणले जनाएको छ । कार्यालयमा कर्मचारीका अभावको कारण संचालनमा केही ढिलाई भएको लेखापाल समिर पोखरेलले वताउनुभएको छ । पहिले ग्राहकले आफ्नो महसुल वुझ्नको लागि पुराना खातापाता पल्टाउनुपर्ने तथा अस्पष्ट हुने समस्या थियो तर अवदेखि भने काउण्टरमै कम्प्युटरमा आफ्नो व्यालेन्स चेक गरेर तिर्न सक्ने भएका छन् ।

कम्प्युटरमा पुराना ग्राहकहरुको नामावली भर्ने काम भैरहेको र केही दिनमै काउण्टरमा कम्प्युटर राखि सेवा प्रदान गरिने कार्यालयले जनाएको छ ।

विज्ञापन