गलेश्वर शिवालय क्षेत्र विकास कोषको ११ औं साधारण सभा

0
469

गलेश्वर शिवालय क्षेत्र विकास कोषको ११ औं तथा गलेश्वर जेष्ठ नागरिक आश्रमको छैठौं साधारण सभा शनिवार सम्पन्न भएको छ । साधारण सभाकोउद्घाटन गर्दै प्रमुख अतिथी सांसद रेशमवहादुर बानियाँले मुक्तिनाथको प्रवेशद्धार,म्याग्दीको गौरब पवित्र तीर्थस्थल गलेश्वर धामको महिमा अवर्णनीय रहेको बताउँदै आध्यात्मिक जागरण आजको आवश्यकता भएकोले धार्मिक सम्पदाहरुको विकासका लागि सबै एकजुट हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

सांसद बानियाँले विगतका वर्षमा नेपाल सरकारका विभिन्न मन्त्रालयबाट गलेश्वर क्षेत्रको विकासमा बजेट निकासा हुने गरेकोमा आव ७३÷०७४ मा बजेट कटौति भएको बताउँदै रोकिएको बजेट निकाशा गर्न आफूले प्रयास गर्ने प्रतिवद्धता पनि जनाउनुभयो । साधारण सभाले कोषका कोषाध्यक्ष वमवहादुर पुनले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७३÷०७४ का लागि २ करोड ७५ लाख,५ हजार ४ सय १३ र आव ०७४÷०७५ का लागि ३ करोड,२५ लाख,५५ हजार ९ सय ५५ रुपैयाँको प्रस्तावित आयव्यय पारित गरेको छ । प्रतिवेदनमा ०२७३ श्रावणदेखि २०७३ कार्तिकसम्म १ करोड ५० लाख,१९ हजार,८ सय ३२ आम्दानी र १४ लाख,६ हजार ९ सय २ रुपैयाँ खर्च भै १ करोड ३६ लाख,१२ हजार,९सय २ बैंक मौज्दात रहेको प्रतिवेदनमा जनाइएको छ ।

साधारण सभाले अध्यक्षबाट प्रस्तुत कार्यनीति तथा योजना,सदस्य सचिव माधवप्रसाद रेग्मीले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन र कोषाध्यक्ष वमवहादुर पुनले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन एवम् गलेश्वर जेष्ठ नागरिक आश्रमका सचिव खगराज पोख्रेलको प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष पुनले प्रस्तुत गरेका आर्थिक प्रतिवेदन पारित गरेको छ।

कार्यक्रममा राप्र्रपाका टोपवहादुर कार्की, पूर्व अध्यक्ष महेश पराजुली, ठहरवहादुर भण्डारी र नेत्रवहादुर महतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष भीमनाथ पराजुलीको अध्यक्षता, कोषाध्यक्ष वमवहादुर पुनको स्वागत मन्तव्य र सदस्य सचिव माधवप्रसाद रेग्मीको संचालनमा सम्पन्न भएको थियो । धु्रबसागर शर्मा