पत्रकार महासंघ म्याग्दीकी कोषाध्यक्ष मालती खत्रीलाई पितृ शोक परेको छ। कारोबार राष्ट्रिय दैनिकीकी म्याग्दी संवाददाता एवम् प्रेस चौतारी नेपाल म्याग्दी शाखाकी अध्यक्ष खत्रीका ७० बर्षिय पिता कर्ण बहादुर खत्रीको आइतबार विहान सदरमुकाम बेनीस्थित न्यूरोडमा रहेको कोठाबाट शौचालय जाने क्रममा बेहोस भएपछि उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको नेकपा एमाले म्याग्दीका उपाध्यक्ष देबेन्द्र केसीले बताउनुभयो ।

भगवती– ४ स्थायी घर भएका खत्री ब्यापारी हुनुहुन्थ्यो । शनिबार बजारमा आफ्नो ब्यवसायीक काम सकेर कोठामा फर्कनुभएका खत्रीलाई चिकित्सकले मृत घोषणा गरेपछि पोष्टमार्टम गरी अन्त्यष्टी गरिएको छ ।