म्याग्दीको बरंजा–३ का गोकुल खड्काको उपचारमा आर्थिक समस्या भएको छ । कात्तिक ११ गते रोजगारको सिलसिलामा भारत गएका खड्कालाई कोकमा नसालु पर्दाथ मिसाएर लुटपाट गरी भारतको महाराष्ट्रको जलगाउँमा रेल नजिक बेवारिसे अवस्थामा भेटिएका खड्काको खुट्टामा गम्भीर चोट लागेको अवस्थामा उपचार भइरहेको आफन्तले बताएका छन् ।

‘लुटपाट गरी रेलबाट खसालेको अवस्थामा स्थानीयले अस्पतालसम्म पुर्याएका थिए । आर्थिक अभावकै कारण उपचारमा समस्या भइरहेको छ’ खड्काका भिनाजु तेजेन्द्र बहादुर खत्रीले भने ।
15451375_1370168816358982_188217126_n
उनका अनुसार खुट्टाको अप्रेसन र औषधी उपचारमा आवश्यक रकमको अभाव भएकाले सहयोगको अपिल गरिएको बताए । भारतमा गम्भीर अवस्थामा भेटिएका खड्कालाई उपचारका लागि पोखरामा ल्याइएको छ । भारतमा उपचारका लागि आर्थिक अभाव भएपछि मंसिर ६ गते पोखराको गण्डकी अस्पतालमा ल्याइएको छ । उपचारमा करिव १ लाख खर्च भइसकेको छ । थप १ लाखको आवश्यकता रहेको आफन्तले बताएका छन् । आर्थिक अभावले अप्रेसन रोकिएको छ ।

विज्ञापन