(प्रताप बानियाँ)
बानियाँ बन्धु समाज जिल्ला कार्यसमिति म्याग्दीद्वारा आयोजित श्रीमद्भागवत् धनधान्याचल एवं पितृमोक्ष सप्ताह ज्ञान महायज्ञको छैटौं दिन सोमबारसम्म झण्डै ७७ लाख रुपैयाँ सङ्कलन भएको छ । ‘सु–संस्कृत जीवनका लागि पितृमोक्ष एवं कुलवंश उद्धार’ भन्ने मूल नारासहित बानियाँहरुको कुलमन्दिर जालपादेवी भिरमुनीमा लगाइएको महायज्ञमा आजसम्म कुल ७६ लाख ९७ हजार रुपैयाँ सङ्कलन गरिएको हो ।
img_00272
महायज्ञको छैटौं दिन सबैभन्दा धेरै बेनी नगरपालिका–११ पुलाडाँडा हाल कोठेसाँघु निवासी हरिकला–बसुन्धरा बानियाँले ५ लाख ५ सय ५५ रुपैयाँ सहयोग गरी सभानायक भएका छन् । सहयोग रकममध्ये नगद १ लाख २५ हजार ५ सय ५५ रहेको छ भने बाँकी नगद ३ लाख ७५ हजार रुपैयाँ बराबरको जग्गादान गरेको आर्थिक सङ्कलन उपसमितिका संयोजक क्याप्टेन धर्मराज बानियाँले बताए ।

यसैगरी बेनपा–८ अर्थुङ्गे निवासी मुना बानियाँले १ लाख २५ हजार र छाप स्थायी घरभई हाल जापानमा रहेका कृष्णबहादुर बानियाँले १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको उनले जानकारी दिए । बानियाँ बन्धुको कुलवंश तथा पितृ उद्धारका लागि आयोजित महायज्ञमा बालव्यास पण्डित नारायप्रसाद न्यौपानेले सङ्कितमय कथावाचन र प्रवचन गरिरहेका छन् ।

मङ्गलबार समापन हुने महायज्ञबाट सङ्कलित रकमले बानियाँहरुको कुलमन्दिरको पूनर्निर्माणका साथै पुलाचौर गाविसका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार र पदमार्ग निर्माण गरिने बताइएको छ । उक्त महायज्ञमा सामूहिक ब्रतबन्ध, तुलादानलगायतका धार्मिक कार्यहरु समेत भैरहेको छ ।

विज्ञापन