बानियाँ बन्धु समाजको महायज्ञमा १ करोड आर्थिक सङ्कलन

0

(प्रताप बानियाँ)
बानियाँ बन्धु समाज जिल्ला कार्यसमिति म्याग्दीद्वारा आयोजित श्रीमद्भागवत् धनधान्याचल एवं पितृमोक्ष सप्ताह ज्ञान महायज्ञबाट झण्डै १ करोड बढी आर्थिक सङ्कलन भएको छ । महायज्ञको अन्तिम तथा सातौं दिन मङ्गलबारसम्म कुल नगद ८९ लाख १६ हजार ३ सय ११ रुपैयाँसहित धान, चामललगायत जिन्सी सामाग्री गरी १ करोड भन्दाबढी सङ्कलन गरिएको हो ।
img_0053
महायज्ञमा सबैभन्दा धेरै बेनी नगरपालिका–११ सेताढुङ्गाका अर्जुन बानियाँले नगद ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँसहित जग्गादान गरी सर्वोत्कृष्ट दानदाता घोषित भएका छन् । यसैगरी बेनपा–११ पुलाडाँडा हाल कोठेसाँघु निवासी हरिकला–बसुन्धरा बानियाँले पनि नगद १ लाख २५ हजार ५ सय ५५ रुपैयाँसहित जग्गादान गरेको आर्थिक सङ्कलन उपसमितिले जानकारी दिएको छ ।
img_0045
त्यस्तै महायज्ञमा बेनपा–७ का निर्मला बानियाँले २ लाख २५ हजार ५ सय ५५, बानियाँ बन्धु समाजका अध्यक्ष एवं महायज्ञ मूल आयोजक समितिका संयोजक यामबहादुर बानियाँ (रामु)ले २ लाख २२ हजार २ सय २२, संरक्षक सुर्यप्रकाश बानियाँले २ लाख २ सय २ र महासचिव दलकेशर बानियाँले १ लाख ६१ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको आर्थिक सङ्कलन संयोजक क्याप्टेन धर्मराज बानियाँले बताए ।
img_00411
महायज्ञको समापनसत्रलाई सम्बोधन गर्दै पूर्वराज्यमन्त्री नरदेवी पुनले समाज रुपान्तरणका लागि धार्मिक र राजनीति दुवै क्षेत्र आवश्यक रहेको बताइन् । उनले मानिस जन्मेपछि समाजमा उदाहरणीय काम गर्नुपर्ने बताउँदै सकारात्मक सोच राखेर समाज विकासमा लाग्नुपर्नेमा जोड दिएकी थिइन् । समाजको धार्मिक र राजनीतिक रुपमा सुधार गर्नुपर्ने आवश्यकता रहेको राज्यमन्त्री पुनको भनाई थियो ।
img_0031
कार्यक्रममा महायज्ञका प्रमुख कथावाचक बालव्यास पण्डित नारायणप्रसाद न्यौपाने, बानियाँ बन्धु समाज नेपालका केन्द्रीय सदस्य चन्द्रबहादुर बानियाँ, यज्ञाचार्य पं. प्रेमप्रकाश पौडेल र सर्वोत्कृष्ट चन्दादाता अर्जुन बानियाँले मन्तव्य राखेका थिए । सांसद रेशमबहादुर बानियाँको विशिष्ट आतिथ्य रहेको कार्यक्रम मूल संयोजक याम बानियाँको अध्यक्षता, सहसंयोजक मुना बानियाँको स्वागत र सचिव शिव बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रमको अवसरमा महायज्ञका कर्ता, पण्डित, स्वयंसेवकलगायतलाई सम्मान गरिएको थियो ।
img_00282
‘सु–संस्कृत जीवनका लागि पितृमोक्ष एवं कुलवंश उद्धार’ भन्ने मूल नारासहित बानियाँहरुको कुलमन्दिर जालपादेवी भिरमुनीमा महायज्ञ लगाइएको थियो । बानियाँ बन्धुको कुलवंश तथा पितृ उद्धारका लागि आयोजित महायज्ञमा बालव्यास पण्डित नारायप्रसाद न्यौपानेले सङ्कितमय प्रवचन गरेका थिए । महायज्ञबाट सङ्कलित रकमले बानियाँहरुको कुलमन्दिरको पूनर्निर्माणका साथै पर्यटकीय एवं धार्मिक क्षेत्र पुलस्त्य, पुलहाश्रम र जगन्नाथ मन्दिरको प्रचारप्रसार तथा पदमार्ग निर्माण गरिने जनाइएको छ । उक्त महायज्ञमा सामूहिक ब्रतबन्ध, तुलादानलगायतका धार्मिक कार्यहरु समेत गरिएको थियो ।
img_00183
img_00071