कुलदेउताको थानलाई बेगखोलाकी एक बृद्धाले ३ लाखको जग्गा सहयोग

0
203

म्याग्दीको बेगखोला–१की समाजसेवी ७९ बर्षिया प मायाँ फगामीले कुलदेउताको थानलाई आवश्यक पर्ने ३ लाख बराबरको जग्गा सहयोग गर्नुभएको छ ।
फगामीहरूको कुलदेउताको संरक्षण तथा कुलपुजालाई सहज बनाउन उपलब्ध गराइएको जग्गामा यूकेमा रहेका बेगखोलाबासीले सङ्कलन गरेको १ लाख, थानलाई आवश्यक पर्ने ढुंगा चोक प्रसाद फगामी, काठ उपलब्ध गराउने खिम फगामी र बलसिंह फगामीका साथै करिव ५० हजार बराबरको जनश्रमदानमा गरिएको थियो ।

नवनिर्मित थानको मोना यूकेका पुर्व अध्यक्ष एवम् बेगखोला कल्याणकारी समितिको यूके शाखाका अध्यक्ष योगकुमार फगामीले शुक्रबार उद्घाटन गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि फगामीले कुलदेउताको संरक्षण सबैको दाहित्व र जिम्मेबारी भएको बताउनुभयो ।‘कुलदेउतालाई खुसी बनाउन सकेमा मात्रै मनोकामना पुरा हुन्छ । भविस्यमा पनि ब्यक्तिगत रुपमा सहयोग गर्न प्रतिबद्ध छु’ फगामीले भन्नुभयो ।

गाउँको शिक्षा, स्वास्थ्य, विकास निर्माण लगाएत आवश्यक पुर्वाधार निर्माणमा सक्रिय रहनुभएका फगामीलाई स्थानीयले स्वागत तथा सम्मान समेत गरेका थिए । यसैविच शनिबार फगामीले कुलपुजा गरेका छन् । बेगखोलाका स्थानीय, माईटीकुटुम्ब, चेलीबेटी लगाएत करिव २ सय जनाको उपस्थितीमा कुलपुजा सम्पन्न गरिएको स्थानीय शिक्षक एवम् फगामी कुलदेउता थान निर्माण समितिका सचिव धन कुमार फगामीले बेनीअनलाइनलाई बताउनुभयो । सोही अवसरमा बेगखोलामा गएको बाढीपहिरोबाट पुगेको क्षती तथा बाढीमा ज्यान गुमाएकाको सम्झना समेत गरिएको थियो ।