म्याग्दीको कुहुँ–७ भर्जुलाका मगरहरुले आफ्नो कुल पुजाको अवसरमा मङ्गलबार विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । भर्जुलामा सञ्चालित बालोदय आधारभूत विद्यालयलाई उनीहरुले नगद १ लाख ८० हजार ५५ रुपैयाँ सहयोग गरेका हुन् ।
15310414_213178905795158_195986495_n
भर्जुला स्थायी घरभई हाल काठमाडौं निवासी योगेन्द्र शेरपुञ्जाले स्वर्गीय बुबाआमा चतुरसिंह+लालमति शेरपुञ्जाको स्मृतिमा नगद १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको शेरपुञ्जा परिवारले जनाएको छ । यसैगरी भर्जुलाकै कुमार शेरपुञ्जा र पूर्णिमा शेरपुञ्जाले १५ हजार ५ सय ५५ र समस्त शेरपुञ्जा परिवारले ५ हजार रुपैयाँ सहयोग गरेको भर्जुलाबाट अङ्कित शेरपुञ्जाले जानकारी दिए ।
15320279_213177515795297_2022298022_n
यसअघि आदर्श युवा क्लबले सञ्चालन गरेको खेलमैदान निर्माणका लागि स्वदेश तथा विदेशमा रहेको नेपालीहरुले झण्डै २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको क्लबले जनाएको छ । सहयोगबाट प्राप्त रकम विद्यालय सञ्चालन तथा खेलमैदान व्यवस्थापनमा खर्च गरिने शेरपुञ्जाको भनाई छ ।