म्याग्दीका नमुना मौरीपालक गोविन्द खत्री

0

(प्रताप बानियाँ)
म्याग्दीको कुहुँ–३ मौलाथरका युवा गोविन्दबहादुर खत्रीले विदेशबाट फर्किएर व्यावसायिक मौरीपालन शुरु गरेका छन् । आर्थिक अभावले रोजगारको सिलसिलामा विदेशको साउदी र ईराकमा १२ बसेपनि सोचेजस्तो कमाई नभएपछि स्वदेश फर्किएर गाउँमै व्यावसायिक मौरीपालन शुरु गरेका हुन् ।
img_5567
शुरुमा ९ हजार रुपैयाँको लगानीमा ३ ओटा घारबाट मौरीपालन शुरु गरेका खत्रीले अहिले ९२ ओटा घार पु¥याएको बताए । विगत ४ वर्ष अघिबाट मौरी पाल्न थालेका उनले गतवर्ष मौरीसहित ९४ ओटा घार बिक्री गरी सातलाख रुपैयाँ आम्दानी गरेको बताए । आउँदो जेठ महिनासम्म २ सयवटा मौरीसहितका घार बिक्री गर्ने लक्ष्य राखेको उनको भनाई छ । जिल्ला कृषि विकास कार्यालय म्याग्दीबाट अनुदानमा घार तथा तालिम, गोष्ठीको सहयोग पाएको कृषक खत्रीले बताएका छन् ।
img_5575
उनले गाउँमै मौरीसँगैको प्रतिघार ७ हजार र घार मात्रै ३ हजार ५ सय रुपैयाँमा बिक्री गर्ने गरेको जानकारी दिए । एउटा घारबाट ४ घारसम्म मौरी उत्पादन हुने बताउँदै उनले महलाई प्रतिकेजी १ हजार ३ रुपैयाँका दरले बिक्री गरेको बताएका छन् । महभन्दा पनि मौरी बिक्री गर्दा धेरै फाइदा हुने कृषक खत्री बताउँछन् । प्रत्येक वर्षको असोज १५ देखि मंसिर १५ र फागनुदेखि जेठ महिना विशेष गरी मौरीको हेरचाहमा समय बिताउने गरेको उनको अनुभव छ ।
img_5567
हाल उनले ८० ओटा आधुनिक र १२ ओटा मुढे घारहरुमा मौरीपालन गरिरहेका छन् । कुहुँ, भकिम्ली र राखुभगवती गाउँका व्यवसायीलाई मौरी र घार बिक्री गरेका खत्रीले मह बिक्री र मौरीघारका लागि बजारको समस्या नरहेको बताए । ग्राहकहरु घरमै आउने गरेको उनको भनाई छ । सफलतापूर्वक व्यावसायिक मौरीपालन गरी कृषि क्षेत्रमा सहयोग पु¥याएको भन्दै यसवर्ष कृषि कार्यालयले राष्ट्रपति उत्कृष्ट पुरस्कारसहित नगद १० हजार रुपैयाँ र प्रमाणपत्रले सम्मान गरेको कृषक खत्रीले बताए ।
img_5581
व्यावसायिक मौरीपालनमा लागेका युवा गोविन्द खत्रीले त्यसबाट प्राप्त आम्दानी अन्य क्षेत्रमा समेत लगानी गरेको बताए । मह र मौरीघार बिक्रीबाट आएको आम्दानीले उनले मोटरसाईकल किनेका छन्भने घरखर्च, बचत तथा छोराछोरीको पढाइमा लगानी गरेको बताए । अहिले उनी गाउँमा मौरीपालनबारे अरुलाई प्रशिक्षण दिने र सिप सिकाउने काम पनि गर्दै आएका छन् । स्वदेशमा केही पनि काम पाइएन भन्दै वर्षेनी विदेशिने युवाका लागि उनी प्रेरणाको स्रोत बनेका छन् । विदेशमा पुगेर अर्को देशमा पसिना बगाउनुभन्दा यहीँ केही व्यवसाय गर्ने हो भने विदेशको कमाई आफ्नै गाउँघरमा गर्न सकिने खत्री बताउँछन् ।