बेनीमा आक्रामक बजार अनुगमन, दुई डेन्टल र एक ल्याबमा सिलबन्दी

0
232

म्याग्दीको सदरमुकाम बेनीमा बिहिबार आक्रमक बजार अनुगमन गरिएको छ ।आपूर्ती ब्यवस्था उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा गरिएको अनुगमनमा अवैध र नविकरण नगरेका डेन्टल र ल्याबसेवा सञ्चालन गरेको फेला परेपछि बन्द गरिएको छ । विभागका निर्देशक निरज पौडेलको नेतृत्वमा गरिएको अनुगमनमा डेन्टल क्लिनिकले एकबर्षदेखी नविकरण नगरेको र पाण्डे ड्रग सेन्टरभित्र रहेको ल्याब १० बर्षदेखी अवैध रुपमा सञ्चालन भएको पाइएपछि बन्द गरिएको निर्देशक पौडेलले बताउनुभयो ।
20161215_130815
‘कानुनी प्रक्रिया पु्रा गरेर आउन अनुरोध गरिएको छ । प्रक्रिया पुरा गरेपछि प्रशासले ताल खुलाउन सक्छ’ पौडेलले भन्नुभयो । अनुगमनको क्रममा हुलाकचोकमा अवस्थित निलगिरी डेन्टल, र डेन्टल क्लिनिकले आवश्यक कानुनी प्रक्रिया पु्रा नगरेको भेटिएको थियो । त्यस्तै ल्याबले घरेलु तथा साना उद्योग कार्यालयको समान्य अनुमतिमा स्वास्थ्य सम्बन्धि निकायबाट अनुमति प्राप्त नगरी ल्याब सञ्चालन गरेको फेला परेपछि कानुनी बन्द गरिएको जनस्वास्थ्य अधिकृत नारायण चौधरीले बताउनुभयो ।
20161215_130417
‘विगतका अनु्गमनमा दिइएको सुझाव कार्यान्वयन भएका छैनन् ।मनपरी सेवा सञ्चालन भइरहेका अन्य औषधीपसललाई समेत कानुनी दायरामा ल्याउनेछौ’ चौधरीले भन्नुभयो । अनुगमनको क्रममा सेवा सञ्चालनको अनमति प्राप्त गर्ने क्रममा विरामीलाई उपलब्ध गराउने छुट सहित मासिक, चौमासिक तथा बार्षिक विवरण जिल्ला जनस्वास्थ्य र क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा उपलब्ध गराउनु्पर्ने प्रावधान समेत कार्यान्वन नगरेको पाइएको छ ।
20161215_114649
डेन्टल सेवामा आवश्यक पर्ने पूर्वाधार तथा प्रक्रिया, सेवाको विवरण, मुल्यसूची लगाएतका विवरण समेत अनुगमको क्रममा नभेटिएको अनुगमन टोलीका सदस्य एवम् जिल्ला प्रशासन कार्यालयमा सुब्बा नविन सुबेदीले बताउनुभयो । तीनवटा औषधी पसल र ल्याबमा गरिएको अनुगमनमा तीनवटै कानुन विपरित र मापदण्ड अपुग भएको फेला परेपछि बजारमा रहेका अन्य औषधी पसललाई समेत एकहप्ता भित्र कानुनी प्रक्रियामा ल्याउन आपूर्ती ब्यवस्था उपभोक्ता हित संरक्षण विभागका निर्देशक पौडेलले निर्देशन दिनुभएको थियो ।
20161215_115527
यसैविच अनुगमनकै क्रममा इन्द्रेणी टोलमा अवस्थित लिला स्टोर र न्यूरोडको सरोज एण्ड बर्दशमा गरिएको अनुगमनमा म्याद गुज्रिएको डेढ सय लिटर कोक, वियर र खाद्य साम्रागी जफत गरिएको छ । जफत गरिएका साम्रागीहरू जिल्ला प्रशासन कार्यालयमा राखिएको छ । यसैविज जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गरिएका अनुगमनहरूका क्रममा दिइएका निर्देशन समेत कार्यान्वयन नभएको भेटिएको छ ।
img_0015