(हरिकृष्ण गौतम)
म्याग्दीको बिम गाविसलाई साक्षर गाविस घोषणा गरिएको छ । बिहिबार किसानी माविको प्राङ्गनमा आयोजित कार्यक्रममा सांसद नवराज शर्माले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सोही अवसरमा विद्यालय उमेर समुहका सबै बालबालिका विद्यालयको पहूँचमा रहेको गाविस समेत घोषण गरिएको थियो ।
बिममा १५ देखी ६० बर्ष उमेरका ९९.२२ बासिन्दाले अङ्क, अक्षर चिन्ने, पढ्न र लेख्न सक्ने भएपछि गाउँ शिक्षा समितिले आयोजना गरेको एक समारोहका बीच साक्षर गाविस घोषणा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि सांसद नवराज शर्माले साक्षर समाज बनाउने अभियान अन्र्तरगत निरक्षर प्रतिशत ०.३३ लाई समेत साक्षर बनाउने अभियानलाई निरन्तरता दिनुपर्ने बताउनु्भयो । सोही अवसरमा विशिष्ट अतिथि जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले लक्षित उमेर समुहका ९५ प्रशित बासिन्दा साक्षर बनेको अवस्थामा साक्षर गाविस घोषणा गर्न सकिने नितिकत ब्यवस्था रहेकाले जिल्लाभर अभियान सञ्चालन गरिएको बताउनुभयो ।
उहाँले चालु् आर्थिक बर्षभित्र जिल्लालाई साक्षर घोषणा गर्ने लक्ष्य रहेको समेत बताउन्भयो । २ हजार ५९ जनसंख्या रहेको बिममा ३ सय ८४ घरधुरी रहेको छ । कार्यक्रममा विद्यालय निरिक्षक विश्वप्रकाश रेग्मी, स्रोतब्यक्ति कृष्णलाल सापकोटा, छिमेकी गाविस मराङको बुद्धिविकास माविका प्रधानध्यापक हरिप्रसाद लामिछाने लगाएतले मन्तब्य राखेका थिए ।
गाविसमा किसानी मावि, मालिका प्रावि, शिव प्रावि, जनकल्याण प्रावि र हिमाली प्रावि रहेका छन् । अध्यक्षता गाउँ शिक्षा समितिका अध्यक्ष एवम् गाविस सचिव मिलन थापा, स्वागत किसानी माविका प्रधानध्यापक जंग बहादुर गर्बुजा र सञ्चालन सञ्चालन लक्ष्मीकान्त जौशी र सुरर्मन गर्बुजा गर्नुुभएको थियो । साक्षर गाविस घोषणा भएको खुसीयालीमा गाविसका विभिन्न विद्यालय, गाउँ र संघसंस्थाले झाँकी, बाजागाजा र नाचगान सहित खुसीयाली मनाएका थिए । तस्विर तिलक थापा