स्वर्गिय मातापिताको सम्झनामा पुस्तकालयलाई १ लाख सहयोग

0
273

म्याग्दीको ओखरबोट–९ मा अवस्थित ओखरबोट माविलाई एक ब्यक्तिले आफन्तको सम्झनामा १ लाख १०५ आर्थिक सहयोग गर्नुभएको छ । ओखरबोट–८ का दिलिप कुमार शेरचनले स्वर्गीय मातापिता रुद्ध र पतिसराको सम्झनामा पुस्तकालयलाई आर्थिक सहयोग गर्नुभएको हो ।
okharbot-4
बिहिबार विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयका पुर्व अध्यक्ष समेत रहेका शेरचनले जिल्लाको विकट ओखरबोट माविमा स्थापित पुस्तकालयले विद्यार्थीमा पारेको सकात्मक प्रभावबाट उत्साहित भएर आर्थिक सहयोग गरेको बताउनुभयो । ‘पुस्तकालयले विद्यार्थीको पढाईमा सहयोग पुगेको छ । भविस्यमा पनि सहयोग गर्नेछु’ शेरचनले भन्नुभयो ।
okharbot-5
कार्यक्रममा नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसन बरिष्ठ पुस्तकालय सहजकर्ता रेशम छन्त्यालले रुम टु रिड नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा स्थापना गरिएको पुस्तकालयले विद्यालयसंगै समुदायमा समेत उल्लेखनीय भूमिका खेलेको बताउनुभयो । उहाँले पुस्तकालयमार्फत विद्यार्थीको पठनस्तरको पहिचानका साथै निरक्षर उन्मुुलन गर्ने अभियानमा समेत सहयोग पुगेको बताउनुभयो । कार्यक्रममा प्रभु बैंक दरवाङका शाखा प्रमुख जागृत पुन, अमरज्योती मावि रुमका प्रअ बिर बहादुर पुन लगाएतले मन्तब्य राखेका थिए ।
img_5966
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दलप्रसाद घर्तीको अध्यक्षता, प्रअ प्रेम बहादुर घर्तीको स्वागत र शिक्षक नविन पुनको सञ्चालनका कार्यक्रम सम्पन्न भएको थियो । म्याग्दीका ९९ सय विद्यालयमा प्रति विद्यालय करिव ७ लाख बराबरको पुस्तक सहितको फर्निचर सहित विद्यालयमा पुस्तकालय स्थापना भएको छ ।