म्याग्दीको कुहुँ–३ का हिरा बहादुर रोकाले सामाजिक संघसंस्थालाई २ लाख भन्दा बढी आर्थिक सहयोग गरेका छन् । राहुघाट सेरोफेरोका उपाध्यक्ष एवम् एनआरएन यूकेका सदस्य पुर्व ब्रिटिस आर्मी रोकाले शुक्रबार गाउँमा आयोजित कार्यक्रममा दिपशिखा माविलाई १ लाख, देउराली यूवा क्लव २५ हजार, सिम– कुहुँ मोटरबाटो २५ हजार, रायखोर–धनुमारे काउले मोटरबाटो ३० हजार सहयोग भएको देउराली यूवा क्लवका एकजित रोकाले बताए ।

उनका अनुसार समाजसेवी रोकाले नमुना आमा समुह कुहुँ–३ मालिका आमा, कुहुँ–४ मनकामना आमा, मनकामना यूवा क्लव र कुहुँ–६ तुसारेपानी आमा समुहलाई प्रति संस्था १० हजार गरी २ लाख २० हजार आर्थिक सहयोग गरेका थिए । जन्मभूमिमा आएका रोकाले गाउँमा आवश्यक क्षेत्रमा सहयोगको प्रतिबद्धता समेत जनाएका थिए । ‘गाउँका लागि स्वर्गीय पिताकै पाइलामा निरन्तर सहयोग गर्नेछु ।समुदायलाई एकबद्ध बनाउन सक्रिय संघसंस्था प्रति आभारी छु’ रोकाले भने ।
15555631_1340841142622280_1178526432_n
उनले शिक्षालाई शैक्षिक र पुर्वाधारयूक्त बनाउन सकेमा बालबालिकाले गुणस्तरीय शिक्षा प्राप्त गर्ने भएकाले त्यसतर्फ सबैको ध्यान केन्द्रित हुनु्पर्नेमा जोड दिए । सहयोगदातालाई गाविसका विभिन्न वडाबाट आएकाहरूले धन्यवाद दिनुका साथै भब्य स्वागत गरेका थिए । रोकाका स्वर्गीय पिता रनबहादुर रोकाले दिपशिखा माविको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउनुका साथै रोकाका छोरा समीर रोकाले समेत गाउँमा लाखौं सहयोग गरेका छन् ।
कार्यक्रममा विभिन्न आमा समुह, सडक निर्माण उपभोक्ता समितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
15554635_1340840115955716_1770667213_n
दिपशिखा माविका अध्यक्ष क्या डेग बहादुर राम्जालीको अध्यक्षता, शिक्षक हरिकृष्ण भट्टराईको सञ्चालन र प्रअ नन्द बहादुर खत्रीको स्वागतमा सम्पन्न भएको थियो । कुहुँबाट विश्वका विभिन्न देशमा पुगेकाहरूले घरविदामा आएको बेलामा लाखौं सामाजिक संघसंस्थालाई सहयोग गर्ने गरेका छन् । प्रवासीको सक्रियता र सहयोगमा गाविसमा रहेका ९ वटै वडाका विद्यालय सहित सामाजिक संघसंस्थाहरूका गतिविधिलाई प्रभावकारी बनाउन सहज भएको छ ।

विज्ञापन