सांगीतिक क्षेत्रमा फड्को मार्दै म्याग्दी

0

(धुब्रसागर शर्मा)
बेनीको बजार जता माया उतै छ नजर किरेमिरे जाले रुमाल… कुनै समय माथि उल्लेखित बोलको गीत बज्यो भने म्याग्दीको परिचय दिन सजिलोे हुने गर्दथ्यो । नेपालमा मात्र होईन बिदेशमा पनि उतिकै चर्चित थियो र अझै चर्चित छ यो गीत । मना छत्यालको स्वर र टीकाबहादुर श्रेष्ठको संगीत रहेको यो गीतले निकै ख्याति कमाएको थियो र आज पनि लोक सांगितिक क्षेत्रमा यो गीतको बेग्लै स्थान रहेको छ । लोक संगित क्षेत्रमा जस्ता सुकै कलाकारहरु पनि दोहोरिमा म्याग्दीका कृष्ण पौडेल बिरबहादुर कार्की डम्मर पुर्जा र धनकुमारी थापा भने पछि झसक्न्थे ।

तर समय फेरिएको छ । परिवर्तित समय संगसंगै म्याग्दीका कलाकारहरुको पनि लोकसंगीत मात्र होइन आधुनिक र पप गीतको क्षेत्रमा समेत उल्लेख्य सफलता प्राप्त गरेका छन् । जसको पछिल्ला उदाहरण हुन म्याग्दीको बाबियाचौर रणबाङ्गका संभोज मल्ल, कुहुका दीपक शर्मा र बेनीकी सुम्नीमा सिंहका नाममा गित गाउने मिना नेपाली,कृष्ण जिसी,नकुल ढकाल, । यी म्याग्देली कलाकारहरुले राष्टिय लोक संगीतको क्षेत्रमा उल्लेख्य सफलता हाँसिल गरी म्याग्दीको परिचय फराकिलो बनाएका छन् ।

सम्भोज मल्लको ‘गोरी सुन रे……….वोलको गीतले नेपालमा मात्रै होइन विदेशमा समेत उत्तिकै लोकप्रियता हाँसिल गरेपछि म्याग्दीको सांगीतिक फाँटमा नयाँ सुगन्ध फैलिएको लोक गायक तथा संचारकर्मी प्रकाश पौडेलले वताउनुभयो । त्यसैगरी संचारकर्मी प्रकाश पौडेल, राजेन्द्र सापकोटा, चक्रवहादुर वानियाँ, कृष्ण पौडेल, धनकुमारी थापा, बीरवहादुर कार्की लगाएतका गीतहरु प्र्िशद्ध मात्र भएनन् यी गीतहरुले म्याग्दीको परिचयलाई समेत फराकिलो बनाएका म्याग्दी उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।
bani
नेपाल टेलिभिजनको चर्चित रियालिटि सो छमछमिमा नेपालमा सबै भन्दा धेरै नृत्य गर्ने गीतमा परेको गोरी सुन रे …..बोलको गीत नेपाली पप गीत प्रेमीहरुको मन मुटुमा बसिसकेको अनेरास्ववियूका केन्द्रिय सदस्य प्रकाश पौडेलले वताउनुभयो । लोक,दोहोरी र पपमा मात्र होइन नेपाली आधुनिक र चलचित्रका गीतको क्षेत्रमा पनि म्याग्दीको उपस्थीति हुन थालेको छ । जसमा पाईला चाल्दै छन म्याग्दी कुहुका दीपक शर्मा । शर्माले चलचित्र संझिराख है मा संगीत समेत भरेका छन् ।

लोक संस्कृतिको क्षेत्रमा धनी जिल्लाको रुपमा परिचित म्याग्दी जिल्ला पछिल्लो समय सांगीतिक क्षेत्रको समेत उर्वर जिल्ला मानिन थालेकोमा स्थानीय वासिन्दाहरु खुसी भएका छन् । त्यसैगरी आफ्नो जन्म गाउँलाई चिनाउन पनि लोक संगीतको सहारा लिन थालिएको छ । हालै म्याग्दीको खिवाङ गाउँका युवायुवतीहरले आफ्नो जन्म गाउँ खिवाङलाई गीत मार्फत उजिल्याएका छन् भने संचारकर्मी समेत रहेका अमित विश्वकर्मा र उनको समूहले म्याग्दीका विभिन्न पर्यटकीय,धार्मिक र सांस्कृतिक ठाउँहरुको गीतमार्फत सुन्दर वर्णन गरेका छन् । ध्ुा्रबप्रसाद शर्मा