चिउरीबोटको विकासमा सहयोग जुटाउँदै स्थानीय

0

ओखरबोट गाविस–३ चिउरीबोटका क्याप्टेन लक्ष्मण पुन गाउँको विकासका लागि सधै चिन्तित छन् । राज्यका निकायको कम प्राथमिकता, आवश्यक पुर्वाधारमा लगानीको अभाव भएपछि पुनको सक्रियतामा गाउँमा पुर्वाधार जुटाउने अभियानले तिब्रता पाएको छ ।
15592585_1502953163067467_562774774_n
गाविसको ३ र ४ नम्बर मा अवस्थितत चिउरीबोटको आवश्यकतालाई पु्रा गर्ने अभियानमा जुटेका पुनले स्वदेश तथा विदेशमा रहेका चिउरीबोटक बासिन्दालाई सक्रिय बनाउँदै हामीले नगरे कस्ले गर्ने भन्ने अभियानको थालनी गरेका छन् । जिल्लाको सदरमुकाम बेनीबाट करिव ११ कोषमा अवस्थित चिउरीबोटमा आवश्यक पुर्वाधार विस्तारमा जुटेका पुनको प्रयासमा गाउँमा शिक्षा, स्वास्थ्य, विकास निर्माण लगाएतमा आवश्यक पुर्वाधार विस्तारले गति लिएको सिद्धार्थ निमावीका प्रअ भिम प्रसाद पु्नले बताए ।
15571270_1502969909732459_1083279091_n
‘उहाँको सक्रियताले गाउँमा धमाधम पुर्वाधार विस्तार भइरहेको छ । विद्यालयका आवश्यकतालाई पुरा गर्न निरन्तर सक्रियता देखाइरहनुभएको छ’ प्रअ पुनले भने । उनका अनुसार समाजसेवी क्याप्टेन पुनको पहलमा Namaste Enfants d” Himalayan फ्रान्सबाट दुईजना निजी स्रोतका शिक्षकलाई मासिक ३५ हजार तलबमा राखिएको छ । विद्यालयमा प्राविधिक र गुणस्तरीय शिक्षाका लागि हालसम्म शिक्षकको तलबका लागि ७ लाख ५० हजार प्राप्त भएको छ ।
15571090_1502965633066220_1832634143_n
त्यसैगरी विद्यालयको भवन निर्माणमा (Vigilance Properties Limited” company of UK) बाट ७५ लाखको लागतमा भवन निर्माण भइरहेको छ । ‘विद्यालयको जिर्ण भवनलाई विस्थापित गर्न यूकेमा धेरैपटक च्यारेटी कार्यक्रम समेत सञ्चालन गरिएको थियो । गाउँमै मावि तहको शिक्षाको आवश्यकता पु्रा गर्ने लक्ष्य रहेको छ’ बागवीर चोचाङी पुनमगरले भने । उनका अनुसार ६ कोठाको भवन निर्माणमा स्थानीयबासीले समेत १० प्रतिशत जनश्रमदान गरेका छन् । तिब्रगतिमा निर्माण भइरहेको भवनमा प्राविधिक तथा कम्प्यूटर, विज्ञान प्रयोगशाला सहित विद्यार्थीको शैक्षिक गतिविधिलाई सहज बनाउने साम्रागी समेत राखिने विद्यालयले जनाएको छ ।
15555076_1502955773067206_1163224718_n
गाउँमा धमाधम पुर्वाधार विस्तार हुन थालेपछि रोजगारी पाएका स्थानीयले समेत आभार प्रकट गरेका छन् । समाजेवी पुनले ओखरबोट स्वास्थ्य चौकीलाई १ लाख १३ हजार बराबरको स्वास्थ्य साम्रागी, गाउँमा रहेको लघुजलविद्युत लगाएतका सामाजिक संघसंस्थालाई समेत निरन्तर सहयोग भइरहेको स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष तमबहादुर पुनले बताए । ‘गाउँमा अझै धेरै समस्याहरू छन्, सबै मिलेर समाधान गर्नुपर्छ’ पुनले भने ।
15554790_1502953083067475_1298498195_n
यता आर्थिक सङ्कलनअभियान संगै पुर्वाधार निर्माणमा सक्रिय रहेका क्याप्टेन पुनले आफ्नो अभियानमा साथ दिने तथा आर्थिक सहयोग गर्ने संघसंस्थालाई समेत आभार प्रकट गरेका छन् । ‘ब्यक्तिगत रुपमा पनि सहयोग गरिरहेको छु ।धेरै संघसंस्थामार्फत गाउँ बनाउने अभियानमा जुटेको छु’ पुनले भने । राजनीतिक दलका नेताहरूले निर्वाचनमा गाउँको समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाएपनि कार्यान्वयनमा कुनै चासो नदेखाएर निरास भएका गाउँलेलाई स्थानीयकै सक्रियतामा विकासको अनुभुती दिलाउने प्रयासमा जुटेका पुनलाई विश्वभर रहेका चिउरीबोटका बासिन्दाले समेत सहयोग गरिरहेका छन् ।
15497535_1502969019732548_1483990125_n