म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिले बृद्धि गरेको शुल्क फिर्ता लिन क्याम्पस अध्ययरत विद्यार्थीले चिठी र एसएमएस मार्फत सञ्चालक समितिलाई दवाव दिएका छन् । विभिन्न कारण देखाउँदै विद्यार्थीलाई जवरजस्ती ८ सय देखी ११ सयसम्म शुल्क बढाएर निजी क्याम्पस जस्तै शैली देखाएको भन्दै क्याम्पसमा अध्ययरत विद्यार्थीहरू चरणबद्ध आन्दोलनमा उत्रिएका छन् ।

ज्ञापनपत्र, तालाबन्दी लगाएतका आन्दोलनका कार्यक्रम संगै फरक शैलीको दवावमुलक कार्यक्रम अन्र्तरगत करिव १ सयभन्दा बढी विद्यार्थीले चिठी र सोही हाराहारीमा सञ्चालक समितिका अध्यक्ष हरिकुमार श्रेष्ठलाई एसएमएस पठाएर दवाव दिएको अनेरास्ववियू म्याग्दीका इश्वर सुबेदीले बेनीअनलाइनलाई बताए ।

‘दवावमुलक आन्दोलनका अन्य कार्यक्रमहरु पनि छन् । हामीले कुनैपनि हालतमा विद्यार्थीलाई मर्कामा पर्ने गरी बढाइएको शुल्क फिर्ता लिन्छौं’ उनले भने । क्याम्पस सञ्चालक समितिले बार्षिक लाखौं घाटा र पुरानो शुल्कले क्याम्पस सञ्चालन गर्न समस्या भएको भन्दै शुल्क बढाएको थियो ।