नेकपा एमाले अर्मन गाउँ कमिटीको अध्यक्षमा भुपेन्द्र केसी निर्वाचित भएका छन् । शनिबार अर्मनमा आयोजित चौथो गाउँ अधिवेशनले केसीको नेतृत्वमा नयाँ गाउँ कमिटी निर्वाचित गरेको हो । कमिटीको उपाध्यक्षमा चिरञ्जीवी शर्मा, सचिवमा याम थापा र सहसचिवमा चन्द्रबहादुर फगामी रहेको एमाले अर्मन गाउँ कमिटीले जनाएको छ ।
15577595_1836770123212613_1793079232_n
अधिवेशनको उद्घाटन गर्दै नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य भूपेन्द्र थापाले वर्तमान सरकारले संविधान कार्यान्वयनको विषयलाई पन्छाउन संशोधन प्रस्ताव संसदमा दर्ता गरेको आरोप लगाए । उनले माओवादी–काँग्रेस गठबन्धन सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताउँदै अघिल्लो सरकारले ल्याएका जनमुखी कार्यक्रमलाई ओझेल पार्न खोजेको बताएका थिए ।
15541912_1266652770047714_7653304201140183189_n
सोही कार्यक्रममा बोल्दै नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले संविधान कार्यान्वयनसँगै स्थानीय निकायको निर्वाचन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । अधिवेशनको अवसर पारेर अर्मन गाविसबाट विभिन्न पार्टी परित्याग गरी १६ जना एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि थापा र विशिष्ट अतिथि श्रेष्ठलगायतले टिका र माला लगाएर पार्टीमा स्वागत गरेका थिए ।

यसैगरी सुशीला फगामीको अध्यक्षमा २९ सदस्यीय अखिल नेपाल महिला संघ अर्मन गाउँ कमिटी गठन गरिएको छ । अनेमसंघको उपाध्यक्षमा तिलकुमारी आचार्य, सचिवमा भूमिसरा बुढाथोकी र कोषाध्यक्षमा राजकुमारी बुढाथोकी रहेका छन् । भेला अनेमसंघ म्याग्दीका पूर्व जिल्ला सदस्य खमिसरा श्रीसको अध्यक्षतामा सम्पन्न भएको थियो ।
15497812_1836804073209218_800095749_n
कार्यक्रममा एमाले म्याग्दीका सचिव बालकृष्ण सुवेदी, सचिवालय सदस्य दिपक कार्की (बिखर्ची), राजकुमार थापा, शङ्कर शेरचन र युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य कृष्णकुमार विश्वकर्माले मन्तव्य राखेका थिए । कार्यक्रम एमाले अर्मनका अध्यक्ष भूपेन्द्र केसीको अध्यक्षता, सचिव चिरञ्जीवी शर्माको सञ्चालन र एमाले जिल्ला सदस्य रत्नबहादुर विश्वकर्माको स्वागतमा सम्पन्न भएको थियो ।