गुफाडिल : जहाँबाट देखिन्छ, मनोरम हिमश्रृङ्खलाको दृश्य

0

(प्रताप बानियाँ)
यो हो पर्यटकीय एवं रमणीयस्थल गुफाको डिलबाट देखिने मनोरम हिमश्रृङ्खलाको दृश्य । जहाँबाट संसारकै सातौं अग्लो धौलागिरि हिमाल देखिन्छ । म्याग्दीको बेनी नगरपालिका–११ गाजनेमा अवस्थित ऐतिहासिक महत्वको जगन्नाथ मन्दिर नजिकै पर्ने गुफाको डिल धार्मिक तथा पर्यटकीय आकर्षणको रुपमा रहेको छ । जगन्नाथ मन्दिर दर्शन एवं पुजाआजाका लागि पुग्ने जो कोही पनि एकैछिन भनेर गुफाको डिलमा पुग्ने गरेका छन् ।
img_0162
बेनीको शिरमा रहेको गुफाको डिलबाट नेपालकै दोस्रो अग्लो हिमश्रृङ्खला धौलागिरिसहित अन्नपूर्ण, माछापुच्छ«े, निलगिरी, मानापाथी, गूर्जा, गणेश हिमाललगायतका दर्जनौं हिमश्रृङखलाहरुको प्रत्यक्ष अवलोकन गर्न पाइन्छ । धौलागिरि हिमालमा मात्रै विभिन्न सातवटा चुचुराहरु छन् । आफ्नो आँखै अगाडि देखिने सेताम्मे हिमालहरुको आकर्षणले पर्यटक तान्न आतुर रहेको आभास हुन्छ ।
img_0160
नाङ्गो आँखाले गूर्जा हिमालदेखि माछापुच्छे«सम्म एकै नजरमा हेरेर पनि भ्याइन्छ । गुफाको डिलबाट हिमाल मात्रै होइन म्याग्दीका साविकको ४१ ओटा गाविसहरुमध्ये ३७ ओटा गाविसहरु एकै नजरमा सररर हेर्न सकिन्छ । यसैगरी पर्वतको उत्तरी भू–भाग, बागलुङ जिल्लाको केही भाग र गुल्मी, स्याङ्जा, पाल्पा, अर्घाखाँचीलगायतका जिल्लाका डाँडाकाँडाहरु समेत गुफाको डिलबाट देखिन्छ । गुफाको डाँडाबाट सबै किसिमका ठाउँ र दृश्य देखिने भएकाले एकपटक त्यहाँ पुगेर फोटो खिचाउनका लागि पनि मानिसहरु पुग्ने गर्छन् ।
img_0157
म्याग्दी सदरमुकाम बेनीबाट पैदल हिँडेर ३ घण्टा र गाडीबाट डेढ घण्टाको समयमा पुगिने गुफाको डिल समुन्द्री सतहदेखि २ हजार १ सय मिटरको उचाइमा अवस्थित छ । गुफाको डिलमा २ ओटा हेलिकप्टर अवतरण गर्न मिल्ने ठाउँ पनि रहेको छ । उक्त ठाउँबाट सेताम्मे हिमाल र राताम्मे लालीगुराँसका वनजङ्गलहरु देख्न पाइन्छ । त्यस ठाउँमा जुनसकै समयमा पनि ड्राई पिक्निकका लागि जान मिल्ने उपयुक्त ठाउँ रहेको त्यहाँ पुग्नेहरु बताउँछन् ।
img_01451
जगन्नाथ मन्दिरदेखि ५ मिनेटको दुरीमा रहेको गुफा डिलको प्रचारप्रसार तथा भौतिक पूर्वाधारको विकास गर्न सकेमा स्वदेशी र विदेशी पर्यटकहरु भिœयाउन सकिने जगन्नाथ आधारभूत विद्यालयका प्रधानाध्यापक निलकण्ठ शर्माले बताउनुभयो । प्रसिद्ध गलेश्वर मन्दिर, पौलस्त्य पुलहाश्रम र जगन्नाथ हुँदै पर्यटकीय क्षेत्र टोड्के जोड्ने पदयात्रा निर्माण गर्न सकेमा पनि पर्याप्त मात्रामा पयर्टकहरु तान्न सकिने उहाँको भनाई छ ।
img_0146
सन् १५६० मातत्कालीन राजा दिलिपबम मल्लले भारतको उडिसा राज्यबाट जगन्नाथको मूर्ति ल्याएर जगन्नाथ मन्दिरको स्थापना गरेको हुँदा त्यसैका कारण गाजने गाउँमा मदिरा उत्पादन र कुखुरापालन गर्न निषेध गरिएको किम्बदन्ती रहेको छ । मन्दिरको यस्तैखाले विशेषता कारण पनि जगन्नाथ दर्शन र गाजने गाउँ तथा गुफा डिल हेर्न मानिसहरु पुग्ने गरेका छन् ।
img_01211