देउरालीको ढिस्को खसेपछि मंगलाघाटबासी त्रसित, पहिरो आसपासको माटोको परिक्षण गर्न माग

0

बेनी नगरपालिका–४ देउरालीमा चर्किएको ढिस्को आइतबार दिउँसो खसेको छ । बेनी–बगरफाँट सडकखण्ड अन्र्तरगत पर्ने देउरालीमा चर्किएको अवस्थामा रहेको ढिस्कोले म्याग्दी खोलाका खसेको थियो । चर्किएको अवस्थामा ढिस्कोको केही भाग खसेपछिपछि केहीबेर मंगलाघाटबासी त्रसित अवस्थामा रहेको स्थानीय यूवा लक्ष्मण कटुवालले बेनीअनलाइनलाई बताए ।
15492394_1165278660187702_7900574630060592621_n
‘ढिस्को खसेपनि केही भाग अझै चर्किएको अवस्थामा रहेको छ । यसलाई समयमै ब्यवस्थापन गर्न जरुरी छ’ उनले भने । सुख्खा पहिरो वा अन्य क्षतीको सम्भावनाका बारेमा सरोकारवाला निकायबाट तत्काल पहिरो र माटोका परिक्षण गर्न समेत स्थानीयबासीले माग गरेका छन् । पहिरोले बेनी–बगरफाँट सडकखण्ड अवरुद्धका साथै मंगलाघाट र म्याग्दी खोलाको बाहवलाई समेत असर गर्न सक्ने भन्दै सरोकारावाला निकायको ध्यान केन्द्रित गरिएपनि वेवास्ता भइरहेको मंगलाघाटबासीको गुनासो छ ।
20161219_151552
केहीबर्ष अगाडी समेत सडक विस्तार गर्ने क्रममा आसपासका क्षेत्रमा सानो पहिरो जाँदा समेत मंगलाघाटका केही घरमा खोलाको पानी पसेको थियो । पहिरोका कारण तत्काल समान्य क्षती भएपनि त्यसलाई रोकथान नगरे भविस्यमा तटिय क्षेत्रका बस्ती खतरामा पर्न सक्ने भन्दै तत्काल पहिरो नियन्त्रण र खोलामा थुप्रिएको ढुंगामाटोलाई ब्यवस्थान गर्न समेत मंगलाघाट बासीले अनुरोध गरेका छन् ।