आगलागीबाट घरगोठ जलेर नष्ट, ४० लाख बराबरको क्षती

0

बेनी नगरपालिका–८ अर्थुङ्गेस्थित पिपलबोटमा घरगोठ जलेर नष्ट भएको छ । मंगलबार विहान साढे तीनबजे साम्म प्रसाद पौडेलको ढुंगामाटोले बनेको टीनको छानो भएको दुईतले कच्ची घर र सोहीसंग जोडिएको एकतले गोठमा अचानक आगलागी भएको प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले बेनीअनलाइनलाई बताए ।

उनका अनुसार आगोलागी भएको खवर प्राप्त भएपछि घटनास्थलमा पुगेको प्रहरीको टोली र स्थानीयले आगोलागी नियन्त्रणको प्रयास गरेका थिए । आगलागीबाट ५० हजार नगद, साततोला सुन, खाद्य साम्रागी, लत्ताकपडा, मोवाईल र जिन्सी सामान लगाएत गरी करिव ४० लाखको नोक्सानी भएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भीक अनु्सन्धानमा विद्युत सर्टका कारण आगलागी भएको अनुमान गरिएको छ । घरगोठ जलेर नष्ट भएपछि पिडितले सहयोगको याचना गरेका छन् ।