गत जेठ २९ गते राती वेनी नगरपालिका वडा नं ८ अर्थुङ्गेमा आएको बाढीका कारण क्षति भएको भौतिक सम्पत्तिको क्षतिपूर्ति दिने भनिएपनि ६ महिना वितिसक्दा पनि एक व्यक्तिले अझैसम्म राहत प्राप्त गर्न सकेका छैनन् । बेनपा ८ अर्थुङ्गेमा पोल्टीफर्म संचालन गरेका चित्रवहादुर बरुवालले ड्रिलिपले जिल्ला विकास समिति मार्फत दिने भनेको क्षतिपूर्ति वापतको ५लाख रुपैयाँ अझैसम्म पनि प्राप्त गर्न नसकेको बताउनुभएको छ ।

बाढीका कारण बरुवालले संचालन गरेको पोल्टीफर्म पूर्णरुपमा भत्किन गई सो पोल्टीफर्म भित्र रहेका कुखुरा,दाना,विजुलीबत्तिका सामान लगाएतको गरी ५ लाख रुपैयाँ क्षति भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले सर्जमिन मुचुल्का उठाई जिविस र नगरपालिकामा पेश गरेको भएपनि अझैसम्म क्षतिपूर्ति पाउन नसकेको बरुवालले गुनासो गर्नुभएको छ ।

‘बाढीका कारण क्षति भएका गाउँका अन्यले क्षतिपूर्ति पाइसकेका छन्,मलाई मात्र दिइएको छैन’ पीडित बरुवालले भन्नुभयो ‘सवै प्रक्रिया पु¥याई क्षतिपूर्ति वापतको रकमका लागि पटक पटक सम्वन्धित निकायमा धाउँदा पनि कसैले वास्ता गरेन ।’वरुवालले जिल्ला विकास समिति र बेनी नगरपालिकामा पटक पटक जानकारी गराउँदा पनि सम्वन्धित निकायले ध्यान नदिएको बताउनुभएको छ । धु्रबसागर शर्मा