युवा संघ म्याग्दीले चक्काजाम नगरी साङ्केतिक विरोध

0

युवा संघ नेपाल जिल्ला कमिटी म्याग्दीको आयोजनामा मङ्गलबार सदरमुकाम बेनीमा विरोध ¥याली सम्पन्न भएको छ । युवा संघ नेपाल रुपन्देही जिल्लाका अध्यक्ष दुर्गा तिवारीको सोमबार गोली हानी गरिएको हत्याको विरोध गर्दै ¥याली गरिएको हो ।
img_0001
बजार परिक्रमापछि आयोजित कोणसभालाई सम्बोधन गर्दै युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख सन्तोष रावलले हत्यामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कार्वाही गर्न माग गरे । उनले षड्यन्त्रपूर्वक गोली हानी तिवारीको हत्या गरिएकोमा घटनाको भत्सना गर्दै हत्यामा संलग्नलाई तुरुन्त गिरफ्तार गरी कडा कानुनी कारवाही गर्नुपर्ने बताए ।
img_00171
युवा संघको केन्द्रीय सर्कुलरअनुसार दिउँसो एक घण्टा चक्काजाम कार्यक्रम गर्न निर्देशन दिइएपनि आफुहरुले साङ्केतिक विरोधस्वरुप विरोध ¥याली गरेको रावलको भनाई छ । उनले अबदेखि युवा संघले म्याग्दीमा कहिल्यै पनि जनतालाई दुःख दिनेगरी बन्द, हड्ताल र चक्काजाम जस्ता कार्यक्रमहरु नगर्ने घोषणा गरेका छन् ।
img_0010
विरोध ¥याली कार्यक्रममा युवा संघका केन्द्रीय सचिवालय सदस्य कृष्णकुमार विश्वकर्मा, युवा संघ म्याग्दीका पदाधिकारी, युवा तथा विद्यार्थीलगायतको सहभागीता रहेको थियो । कार्यक्रम युवा संघ म्याग्दीका सचिव हरि केसीको सञ्चालन र अध्यक्ष प्रवीन शाहीको समापनमा सम्पन्न भएको थियो । इट्टा व्यवसायी समेत रहेका तिवारीलाई सोमबार दिउँसो साढे ३ बजे रुपन्देहीको खैरेनी नजिकै मोटरसाईकलमा आएका दुई जनामध्ये पछाडी बस्नेले छातीमा गोली प्रहार गरेका थिए ।
img_0010