बेनी नगरपालिका–४ देउरालीमा बुधबार विहान पुनः पहिरो गएको छ । आइतबार दिउँसो चर्किएको पहाड खसेपछि त्रसित बनेका छन् ।बेनी–बगरफाँट सडकखण्ड अन्र्तरगत पर्ने देउरालीमा चर्किएको अवस्थामा रहेको ढिस्कोले म्याग्दी खोलाका खसेको छ । ‘पहिरो रोकिएको छैन । तत्कालै यसलाई ब्यवस्थान गर्नुपर्छ’ मंगलाघाटका युवा सचिन चौधरीले भने ।

उनले सुख्खा पहिरो वा अन्य क्षतीको सम्भावनाका बारेमा सरोकारवाला निकायबाट तत्काल पहिरो र माटोका परिक्षण गर्न समेत स्थानीयबासीले माग गरेका छन् । पहिरोले बेनी–बगरफाँट सडकखण्ड अवरुद्धका साथै मंगलाघाट र म्याग्दी खोलाको बाहवलाई समेत असर गर्न सक्ने भन्दै सरोकारावाला निकायको ध्यान केन्द्रित गरिएपनि वेवास्ता भइरहेको मंगलाघाटबासीको गुनासो छ ।

केहीबर्ष अगाडी समेत सडक विस्तार गर्ने क्रममा आसपासका क्षेत्रमा सानो पहिरो जाँदा समेत मंगलाघाटका केही घरमा खोलाको पानी पसेको थियो ।पहिरोका कारण तत्काल समान्य क्षती भएपनि त्यसलाई रोकथान नगरे भविस्यमा तटिय क्षेत्रका बस्ती खतरामा पर्न सक्ने भन्दै तत्काल पहिरो नियन्त्रण र खोलामा थुप्रिएको ढुंगामाटोलाई ब्यवस्थान गर्न अनुरोध गरेका छन् । पहिरो रोकथान नभए बर्खाको समयमा मंगलाघाटका साथै बेनीबजारबासीलाई समस्या रहेको बताए ।