(हरिकृष्ण गौतम)
जिल्लाको विभिन्न सामुदायिक विद्यालयमा विद्युतीय पुस्तकालय सञ्चालन गरिने भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले नेपाल लाइबेरी फाउण्डेसन र एनआरएन पब्लिक पुस्तकालय कार्यदलसंग सहकार्य गरी जिल्लाका सामुदायिक विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना अभियान बुधबार देखी सुरू भएको छ ।
img_7098
सदरमुकाम बेनीमा जिल्लाभरका सामुदायिक विद्यालयको उपस्थितिमा भएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन गदैं जिल्ला शिक्षा अधिकारी रामप्रसाद श्रेष्ठले सामुदायिक विद्यालयका शिक्षक,विद्यार्थीलाई लक्षित गरेर स्थापना गरेका पुस्तकालय प्रभावकारी रहेको अवस्थामा विद्युतीय पुस्तकालयले थप सहज हुने बताए ।
img_7107
नेपालीमा पढ्ने बानीको विकासको कमी रहेको स्मरण गराउँदै पुस्तकालयको प्रयोगमा विद्यालयका प्रअ, ब्यवस्थापन समितिको भूमिका महत्वपुर्ण रहेको बताउँदै जिल्लाका धेरैजसो विद्यालयमा रुम टु रिड नेपाल तथा विद्यालयले आफ्नो ब्यक्तिगत रुपमै पुस्तकालय स्थापना गरेको अवस्थामा पुस्तक सहितको पुस्तकालयलाई समेत प्राथमिकता दिइएको बताए ।
img_7126
सोही अवसरमा नेपाल लाइबेरी फाउण्डेसनका नरेश कोइरालाले विद्युतीय पुस्तकालय प्रयोगकर्ताले प्रयोग गरे उपयोगी हुने बताए। उनले विद्युतीय पुस्तकालयको महत्व जडान गरेका विद्यालयले प्रयोग गरे बढ्ने बताउँदै समस्यालाई समेत समाधान गर्ने गरी योजनाहरू बनाउनुपर्नेमा जोड दिए । जिल्लाभर रहेका ५८ माविसंगै केही निमावी र संस्थागत विद्यालयमा रहेका कम्प्यूटरमा दाताको सहयोगमा आवश्यकता अनुसार कम्प्यूटर र पकरण जडानका लागि पुस्तकालय स्थापना गरिने छ । गैरआवासीय म्याग्देलीहरूको साझा संस्था मोना आइसीका अध्यक्ष योगेन्द्र बहादुर क्षेत्री, कोषाध्यक्ष एवम् एनआरएनए ई– पुस्तकालय कार्यदलका सदस्य चक्र बहादुर थापाले इमेलमार्फत विद्युतीय पुस्तकालय स्थापनाको अभियानमा सहयोगी भूमिका निर्वाह गर्ने अनुरोध सहित प्रयोग गर्न अनुरोध गरेका थिए ।
img_7122
८ हजार पुस्तक, अडियो, भिडियो, सामुदायिक विद्यालयका निमावी तहका पाठ्यक्रम,सीप र ज्ञानमुलक, ब्यवहारिक सहित शिक्षक देखी अभिभावकसम्मलाई लक्षित गरेका पुस्तकहरू कम्यूटरको माध्यमबाट विना इन्टरनेट समेत डाउनलोड गरेर पढ्न सकिन्छ । कार्यक्रममा बालमन्दिर निमावी डाँडाखेतका प्रअ रामप्रसाद पौडेलले निमावी तहका विद्यालयलाई समेत विद्युतीय पुस्तकालयको आवश्यकता रहेको बताएका थिए ।
img_7114
नेपाली कांग्रेस म्याग्दीका माधव प्रसाद रेग्मी, मोना आइसीका सचिव तुल्मराज राम्जाली, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिवन कुमार विश्वकर्मा, ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्य, नेपाल लाइबेरी फाउण्डेसनका धनकुमार श्रेष्ठ, मोदी पुस्तकालय पर्वतका अध्यक्ष भोलानाथ शर्मा लगाएत जिल्लाका निमावी र मावि तहका विद्यालयका प्रअ र कम्प्यूटर शिक्षकको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता मोना आइसीका संरक्षक सुवासकुमार श्रेष्ठ र सञ्चालन मोना आइसीका सल्लाहकार चन्द्रकुमार केसीले गरेका थिए । विद्युतीय पुस्तकालयका लागि आवश्यक सम्झौता भएलगत्तै जिल्लाभर जडान सुरु हुने छ ।