अस्पतालको बेडबाट भगवतीकी सिताकुमारीले सहयोगको याचना

0

म्याग्दीको भगवती गाविस–३ कृष्णकुमारी कटुवाल क्षेत्री ‘सिता’ले उपचारमा सहयोगको याचना गरेकी छन् । हाईपोपलास्टीक एनीमिया (बोनम्यारो० र ब्लड क्यान्सरबाट रोगबाट पिडित भएकी उनले सहयोगको याचना गरेकी हुन् ।

आर्थिक अवस्था कमजोर र ठुलो आर्थिक आवश्यकता रहेकाले स्वदेश तथा विदेशमा रहेका नेपालीमार्फत उपचारमा सहयोग गर्न नन्दु खत्रीको संयोजकत्वमा समिति समेत बनाइएको छ । काठमाण्डौको टिचिङ अस्पतालमा उपचार गराइरहेकी सिताको उपचारमा सहयोगका लागि समितिले समेत अपिल गरेको छ । बोनम्यारो र ब्लड क्यान्सरबाट पिडित भएपछि उनका आफन्तले ऋण समेत खोजेर उपचार गरेपनि त्यो सम्भव नभएकाले आर्थिक सहयोगको अपिल गरिएको हो ।