आगामी माघ १ र २ गते लोपउन्मुख नाचको संरक्षण गर्न म्याग्दीमा पुख्यौली नाचको प्रतियोगिता हुने भएको छ । नेपाल मगर संघ म्याग्दीले माघी पर्वको अवसरमा म्याग्दीको सदरमुकाम बेनीमा खुल्ला पुख्यौली नाचको प्रतियोगिता भएको हो ।

जिल्लाको पहिचानको रुपमा रहेको पुख्यौली नाचको प्रतियोगिता संगै लोपउन्मुख नाचहरूको विषेश प्रर्दशन गरिने मगर संघ म्याग्दीका सचिव लोकेश पुन मगरले बताए । उनका अनुसार प्रतियोगितमा प्रथमले २५ हजार, द्धितिय २० हजार, तृतियले १५ हजार र सान्त्वनालाई १० हजार रहेको छ ।

15621955_1802603363289945_3553980548948738801_n‘अव आवश्यक तयारी र प्रचारप्रसार सुरु हुन्छ । नयाँ पुस्तालाई सीप हस्तान्तरण गर्न समेत प्रतियोगिताले भुमिका खेल्नेछ’ उनले बेनीअनलाइनलाई भने । मगर संघ म्याग्दीको शनिबार बसेको बैठकमा जनजातीका कला र संस्कृतिको संरक्षणका साथै भेषभुषाको समेत विषेश प्रस्तुतीका लागि आवश्यक तयारी गर्ने निर्णय गरेको अध्यक्ष मनप्रसाद थजालीले बताए । प्रतियोगितको अवसरमा जिल्लाभर रहेका लोपउन्मुख नृत्यहरूलाई पहिचानमा समेत सघाउने जनाए ।

भवन निर्माण तथा पुराना कला र संस्कृतिको संरक्षणका लागि कात्तिकमा खेलिएको देउसीभैलोमा समेत संघले पुख्यौली नाच तथा थाली नाचलाई विषेश प्राथमिकता दिएको थियो । म्याग्दीको चिमखोलामा २०२४–०२५ सालबाट सुरू भएको म्याग्दी जिल्लाकै पहिचानको रुपमा रहेको थालका साथै सोरथी, मारुनी लगाएतका जनजातीका पहिचान संग जोडिएका नाचमा यूवालाई तालिम तथा प्रशिक्षण समेत दिने गरेको छ ।