ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

0

15622092_1835660296681597_7215267542108528689_n-copyपश्चिम म्याग्दीको बिम–१ बिवतमा ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । बुधबार बिम गाविसको डाँडागाउँबाट दरबाङतर्फ आउँदै गरेको लु ३ त ४३४० नम्बरको ट्क्याटर दुर्घटना हुँदा ट्याक्टरका चालक ताकम–८ का २४ वर्षीय राम श्रीपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
15590561_1835660240014936_2901920149005740256_n
ट्याक्टर अचानक अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरको इन्जिनको भागले च्यापेर चालकको मृत्यु भएको र प्रहरीले च्यापिएको शव निकाल्ने प्रयास गरिरहेको म्याग्दीका प्रहरी नायव उपरीक्षक विश्वराज खड्काले बताउनुभयो । बिहीबार बिहान ट्याक्टर दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो ।