भनिन्छ ‘कुनैपनि काम ठूलो र सानो , राम्रो र नराम्रो हुँदैन ।’ सफल हुनका लागि नयाँ काम गर्नु पर्दैन, अरुले गरेका काम अलि फरक तरिकाले गर्ने हो भने त्यही कामवाट व्यक्ति सफल हुन धेरै समय लाग्दैन ।

म्याग्दीको सदरमुकाम वेनी वजारमा सामान्य व्यवसाय गरेका केही व्यक्तिहरुले माथिको भनाइलाई प्रमाणित गरिदिएका छन् । वेनी दरवाङ वसपार्कमा ठेलामा फलफूल व्यापार गर्दै आएका दोलखाका देवनारायण दाहाल, मंगलाघाटमा चना चटपट र कुखुराको खुट्टा टोउकोका परिकारहरु वनाएर विक्रि गर्दै आएका कुहू ८ थाइवाङका लालवहादुर पुर्जा र स्याङ्जा पुतलीखेतमा गल्ला( खाद्यान्न) को व्यवसाय गरी अहिले तनहूको वन्दीपुरमा शेरचन कृषि फार्म हाउस प्रा.लि संचानल गरिरहेका म्याग्दी विमका इन्द्रप्रसाद शेरचन यस्ता व्यक्तिहरु हुन् जसले थोरै लगानीवाट मनग्गे आम्दानी समेत गर्न सफल भएका छन् ।

वेनीको दरवाङ वसपार्कमा आठवर्षदेखि ठेलामा फलफूलको व्यापार गर्दै आएका दोलखाका देवनारायण दाहाल र उनले ठेलामा राखेको फलफूल पसललाई हेर्दा कतिलाई ‘ यस्तो व्यवसायवाट पनि के कमाइ होला र ?’ जस्तो लाग्न सक्छ । तर, तिनै दाहालले फलफूल वेचेर दैनिक २ हजारदेखि ३ हजार रुपैयाँसम्म कमाइ गर्छन भन्ने कुरा धेरैलाई पत्यार नलाग्न सक्ला ।

करिव ८ वर्ष अघि म्याग्दी छिरेका दोलखाली दाहालले सामान्य लाग्ने यो व्यवसायवाट पत्याउनै नसक्ने आम्दानी मात्रै गरेका छैनन् , ‘यस्तो महंगीमा सामान्य व्यवसायले साँझ विहान हातमुख जोर्नै पुग्दैन ’भन्नेहरुका लागि खाइखर्च ,घरभाडा कटाएर वचत गरेको पैसाले आठवर्षको अवधिमा पर्वत वेनीमा घडेरी किनी घर समेत वनाएपछि ‘देशमा केही छैन’ भनि विदेश भासिनेहरुलाई एक पटक सोच्न समेत वाध्य वनाइदिएका छन् ।

‘दोलखावाट तीन जनाको परिवार सहित आम्दानीको खोजीमा वेनी आएपछि कहिल्यैपनि पछाडि फर्केर हेर्नु परेन’ ५५ वर्षिय दाहाल भन्छन् ‘ यही ठेला नै मेरोलागि वावुआमा र भगवान वन्यो ।’ विभिन्न किसिमका मौसमी तथा वेमौसमी फलफूलको व्यापार गर्दै आएका दाहाल र उनकी श्रीमती विहान अरु उठिनसक्दा ठेलामा फलफूलराखी ठेला धकेल्दै वसपार्कमा आइपुग्छन् ।

ठेलालाई राम्रोसगं अड्याउन नपाउँदै सुरु हुन्छ उनको व्यस्त दैनिकी । अङ्गुर , केरा, स्याउ, अनार लगाएतका फलफूलले भरिएको उनको ठेलावरीपरि ग्रहाकहरु झम्मिन पुग्छन् । ‘ अहिले जाडोको सिजन भएकोले मान्छेहरु अलि पातलिदा व्यवसाय पनि घटेको छ ’ बेनी अनलाइनलाई प्रतिक्रिया दिदैं सुन्तला जोख्न थाल्दछन् दाहाल । ‘ व्यापार सन्तोषजनक नै छ , दैनिक २ हजार देखि ३५ सयका दरले व्यापार भएकै छ ’ दाहाल भन्छन्‘ सिजनमा त ५÷७ हजारको व्यापार हुन्छ ।

‘८ वर्षअघि घर(दोलखा)वाट आउँदा ४÷५ हजार मात्र वोकेर आएको थिएँ , यो ८ वर्षको अवधिमा पर्वत वेनीमा घडेरी किनेर एउटा छाप्रोसम्म वनाएको छु ’ दाहालले भने ।त्यसैगरी मंगलाघाटमा भेटिन्छन् कुहू ८ थाइवाङ स्थायी घर भई ठेलामा चनाचटपट र कुखराको खुट्टा टाउकोको परिकार वनाएर वेच्दै गरेका करिव ६० वर्षिय लालवहादुर पुर्जा ।जीवनको उर्वर समय मानिने युवा अवस्था निकै कठिनसंग विताएका वताउने पुर्जाको अहिलेको अवस्था भने निकै फेरिएको छ ।

भारतका विभिन्न सहरहरुमा दरवानी काम गरेर गाउँ फर्केपछि छोरावुहारीको व्यवहारवाट पीडित वनी वेनी झरेका पुर्जा एक वर्षसम्म सदरमुकामकै एउटा नीजि विद्यालयमा मासिक ४ हजारमा पालेको काम गरे । ४ हजार रुपैयाँले श्रीमती सहित कोठा भाडामा लिएर वस्नु परेपछि साँझ विहान खान पनि द्यौद्यौ परेको विगत सम्झदै पुर्जाले भने ‘तर अहिले के खाउँ र के गरुँको अवस्था छैन , दैनिक २ हजार ५ सयदेखि ४ हजार रुपैयाँसम्म कमाइ हुन थालेपछि विगतलाई धिक्कादै वर्तमानमा रमाएको छु ’ फरासिला स्वभावका पुर्जाले सेतोपाटीसंग हाँस्दै भने ‘ जान्नुमात्र पर्छ पौसो त वाटो खोज्दै आउँदो रहेछ ।’

चार वर्षअघि गाउँवाट वेनी झर्दाको दुःख र विहान ५ वजेदेखि राती १० वजेसम्म गेटपालेको काम गर्दा वेहोरेका झन्झट उनका लागि अहिले काममा प्रेरणाका उर्जा वनेका छन् । पुर्जा भन्छन् ‘ हण्डर नखाइ यो संसारमा कसले पो प्रगति गरेको छ र ? ’

अहिलेको आफ्नो कमाइमा सन्तुष्ट रहेको वताउने पुर्जा ‘काम गर्न लाज मान्नु आँफैलाई अपमानित गराउनु हो ’ भन्ने भनाइवाट प्रभावित वनेका छन् । ‘यही कामवाट नै छोरालाई विदेश पठाउँदा कृषि विकास वैंकमा धितो राखेको लालपुर्जा निखने, व्यवहार मिलाएँ, अहिले मजाले वचत गरेको छु , वूढावूढीलाई अव कुनै फिकर छैन ।’ उदात्त हाँसो सहित पुर्जाले भने । धुब्रसागर शर्मा