म्याग्दीको भगवती–३ की बोनम्यारो र रक्तक्यान्सरबाट पिडित सीता ( कृष्णकुमारी) कटुवाल क्षेत्रीको उपचारको लागि सुरु गरिएको सहयोग अभियान अन्र्तगत विभिन्न ठाउँमा आर्थिक संकलन गर्न सुरु गरिएको छ । बुधवार देखि सुरु गरिएको सीता (कृष्णकुमारी) बचाउ अभियानको दोस्रो दिन बेनीमा मात्रै थप रु ७१ हजार आर्थिक संकलन भएको छ । अभियान अन्र्तगत बेनी स्थित कालिपुलमा रहेको न्यू मुक्तिनाथ हार्डवेयर्सका प्रोपाईटर तप्त बहादुर भण्डारी र धनदेवी भण्डारीले रु २१ हजार सहयोग गर्नुभएको छ । त्यसैगरि भगवती–२ घर भई हाल बेनीमा बस्दै आउनुभएकी सुन्तली केसी र भविन्द्र केसीले रु २० हजार सहयोग गर्नुभएको छ ।
suntali-1
त्यस्तै भगवती–२ घर भई बेनी स्थित न्यु वेष्ट प्वाइन्ट आवासीय माविमा अध्ययनरत अस्मिता खत्रीले आफ्नो जन्मदिनको अबसरमा रु १० हजार, बेनी स्थित कमल सुनचाँदी दुकानका प्रोपाइटर कमल विश्वकर्माले रु १० हजार, महादेव निर्माण सेवाका प्रोपाइटर गलेश्वर निवासी कृष्णकुमार शेरचनले रु १० हजार सहयोग गर्नुभएको समितिका सदस्य हरि भण्डारीले जानकारी दिनुभयो । टिचिङ अस्पताल काठमाण्डौमा उपचाररत क्षेत्रीको उपचारमा लाखौँ रुपैयाँ लाग्ने भएपछि आबश्यक सहयोग रकम जुटाउन अभियान सुरु भएसंगै स्वदेश तथा विदेशमा रहेका राखुबासिको सक्रियतामा आर्थिक संकलन अभियान सञ्चालन भईरहेको भण्डारीले बताउनुभयो ।

क्षेत्रीको उपचारको लागि आर्थिक सहयोग गर्ने दाताहरुले बेनी स्थित ग्लोबल आइएमई बैँकमा समितिका संयोजक नन्दबहादुर खत्री र सदस्यद्धय कमल खत्री र हरि भण्डारीको नाममा रहेको संयुक्त खाता नम्बर ४८०७०१०००२६७४ मा सहयोग रकम जम्मा गर्न सक्ने व्यबस्था मिलाईएको जनाएको छ । अािर्थक संकलन अभियानको पहिलो दिन बेनीमा मात्रै रु २ लाख ४४ हजार ५ सय अर्थिक संकलन भएको थियो।

विज्ञापन