पिडा लुकाएर साथीहरूसंगै रमाउँदै अरनीमा

0
250

बेनी नगरपालिका–२ अर्जमकी अरनीमा नेपाली गाउँकै ज्ञानपुञ्ज प्राविमा कक्षा तीनमा अध्ययनरत छिन् ।नियमित विद्यालय जाने,विद्यार्थीसंग घुलमिल हुने, क्रियाकलाप नियमित गर्ने तथा विद्यालयमा अतिरिक्त क्रियाकलापमा समेत उनको सक्रियतापुर्वक सहभागिता रहने गरेको छ । खुट्टा तथा शरीरका विभिन्न भाग दुख्ने भएपनि उनले आफ्नो पीडालाई लुकाएर साथीहरू रमाउने गरेकी छन् ।
img_7057
७ बर्षिया नेपाली विगत एकबर्षदेखी सामान्य विरामी हुदाँ समेत साथीहरूको सहयोगमा विद्यालयमा पुग्ने गरेकी अरनीमाको मुटुमा समस्या देखिएपनि अन्य विद्यार्थी सरह उनको सक्रियताबाट विद्यालयका शिक्षक समेत दंग पर्ने गरेका छन् साप्ताहिक क्रियाकलापसंगै विद्यार्थीको सक्रियतामा हुने गतिविधिमा समेत सहभागि हुने अरनीमालाई शिक्षकले अनुशासित विद्यार्थीका रुपमा लिन्छन् । ‘उनी विद्यालयकी नमुना विद्यार्थी ह्ुन । मुटु रोगको विरामी भएको थाहा पाएपछि हामी समेत आश्चर्यमा प¥यौं’ विद्यालयका प्रअ तिलाराम थापाले भने ।
img_7081
उनले स्वस्थ विद्यार्थी सरह पढाई देखी अन्य गतिविधिमा सक्रिय रहने गरेकी नेपालीको मुटुमा समस्या देखिएपछि विद्यालयका शिक्षक र कर्मचारीले तलबबाट खर्च कटाएर समेत उपचारमा पहिलो सहयोग गरेका थिए । ‘पछिल्ला केही दिनयता उनको सक्रियता घटेको छ, विरामीका कारण पढाई समेत खस्किएको छ’ प्रअ थापाले भने । विरामी अवस्थामा समेत विद्यालयमा जाने भन्दै घरमा आमालाई अनुरोध गर्ने गरेकी उनलाई सजिलो संग बस्न र साथीहरूलाई सहयोग गर्न समेत शिक्षकले अनुरोध गर्ने गरेका छन् ।
img_7079
कात्तिकमा पोखरामा उपचारको क्रममा मुटुमा समस्या देखिएपछि आर्थिक अभावको कारण उपचारबाट बन्चित भएकी नेपालीले कात्तिक र मंसिर महिना समान्य औषधी सेवनको भरमा दिन विताएको अरनीमाकी आमा निशाले बताईन् ।‘छोरीलाई मुटुमा समस्या भएको डाक्टरले भनेपछि भोकनिन्द्रा हराएको छ ।घरबाट भएको पैसा सकिएपछि केहीदिन औषधी समेत खुवाउन सकिएन’ उनले भनिन् । उनले आर्थिक अभावका विच ओमकुमारी शान्ति कोषमा जानकारी गराएपछि उपचारका लागि सहयोग जुट्न थालेको बताईन् ।

कोाषमार्फत अरनीमा बचाउ अभियानका शुरु गरिएपछि स्वदेश तथा विदेशमा समेत आर्थिक सङ्कलन भइरहेको छ । गण्डकीमा स्वास्थ्य परीक्षणपछि मुटुमा प्वाल परेको र भल्बमा समेत समस्या देखिएपछि औषधी, अप्रेसन, खानबस्न लगाएत आवश्यक खर्चमा करिव ४ लाख ५० हजार हाराहारीमा खर्च हुने भएपछि दुईमहिना उपचार नगरी घरमै बसेकी अरनीमा शुक्रबार काठमाडौंस्थित शहिद गंगालाल हृदयरोग केन्द्रमा उपचार गर्न म्याग्दीबाट प्रस्थान गरेकी छन् ।