मध्यरातमा पर्वतको घाईरिङ–५ मिलनचोकमा एक यूवाले खरिद गरेर राखेको पशुचौपायालाई खुवाउने परालको टौंवामा नचिनेको समुहले आगजनी गरेको छ। गएराती करिव १ बजे प्रहरी चौकी नजिक राखिएको करिव २ लाख बराबरको पराल आगोलागीबाट नष्ट भएको पिडित थानेश्वर आचार्य ‘गणेश’ले बेनीअनलाइनलाई बताए । ‘मेरो ब्यवसायलाई अस्तब्यस्त बनाउन आगो लगाइएको हो । सुनियोजित रुपमा परालमा आगो लगाइएको छ‘ उनले भने ।
15590597_421090588281080_2318122004010414261_n
पर्वतको मिलनचोकमा पशुपालनमा सक्रिय रहेका आचार्यसंग ५ वटा भैसी छन् । दैनिक दुध विक्री गर्ने गरेका उनले खरिद गरेको डेढ लाखको परालका साथै घरको गरी २ लाख बराबरको रहेको बताए । उनले परालमा आगो लगाएपछि पशुपालनलाई अस्तब्यस्त बनाउने नियत भएपनि जस्तो सुकै अवस्थामा पनि पशुपालनमा सक्रिय रहने बताए । आचार्य ६ बर्ष देखी पशुपालनमा सक्रिय नमुना कृषक हुन् । पशुपालनबाट राम्रो आम्दानी गरेका आचार्यको प्रगतीबाट हतोत्साहित भएकाहरूले आगो लगाएको हुनसक्ने स्थानीयको भनाई छ ।
15722554_421101038280035_547264158_n
मध्यरातमा स्थानीयबासी, दमकल र प्रहरीको प्रयासमा नियन्त्रणको प्रयास गरिएपनि सफल हुन सकेन् । पराल राखिएको आसपासका घरमा समेत आगलागी फैलन सक्ने अवस्था रहेकाले स्थानीयले घर जोगाउन नजिकैको खोला र घरघरबाट पानी ल्याएका थिए । यता प्रहरी चौकी मिलनचोकका इन्र्चाज चित्र बहादुर खड्काले आगो लगाउनेहरुको पहिचानको प्रयास भइरहेको बताए । उनले रिसीवि वा अन्य कुनै कारणले आगो लागेको हुनसक्ने भन्दै घटना लगत्तै अनुसन्धान सुरु गरिएको बताए । मिलनचोकबासीले समेत घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् ।

विज्ञापन