फाँपरखेतका यूवाले जोखिमपुर्ण सडक मर्मत गरे

0
173

बेनी नगरपालिका–३ फाँपरखेत ज्यामरुककोटका यूवाले शनिबार सडक मर्मत गरेका छन् । प्रतिभा यूवा क्लवका संस्थापक अधयक्ष दिप बहादुर घिमिरे र अध्यक्ष याम बहादुर कार्कीको नेतृत्वमा सडकखण्ड अन्र्तरगत पाखाथर देखी भकुण्डे जोड्ने करिव ५० मिटर स्तरउन्नती गरिएको क्लवका संस्थापक सचिव प्रदिप सुबेदीले बताए । ‘भिरालो सडकमा आवतजावत गर्न समेत समस्या थियो । यूवाहरुको सक्रियतामा मर्मत गरिएको छ’ सुुबेदीले बेनीअनलाइनलाई भने ।
15730958_10210096228476427_1732353161_n
रत्नेचौर–अर्जम हुदै भकुण्डे र बेनी–खवरा हुदै गाउँसम्म जोडिएका दुईवटा सडकबाट आवतजावत गर्ने मार्ग भिरालो र ढुंगाका कारण मोटरसाईकल दुर्घटनाका साथै यात्रुबाहक सवारीसाधन समेत सञ्चालनमा समस्या हुने गरेको थियो । करिव ५० जना यूवाको उपस्थितिमा गरिएको मर्मतसम्भारलाई आगामी दिनमा समेत निरन्तरता दिने क्लवले जनाएको छ । गाउँमा हुने मेलापर्व संगै सामाजिक कार्यमा समेत सक्रिय रहेको क्लवले विगतमा कोटमन्दिर, गाउँमा रहेको खडक भवानी प्रावि लगाएतका क्षेत्रमा समेत सरसफाईका कार्यक्रमहरू समेत सञ्चालन गरेको थियो ।