पश्चिम म्याग्दीको सेवा बागलुङको तमान–लाम्मेलासम्म विस्तार

0

एक महिना अगाडीदेखी सञ्चालनमा आएको पश्चिम म्याग्दी यातायात सेवा प्रालीले शनिबार देखी बागलुङको विकट तमान गाविसको लाम्मेलासम्म आफ्नो सेवा विस्तार गरेको छ । पश्चिम म्याग्दीको दरबाङ क्षेत्रका युवाहरुले सुरु गरेको सेवालाई दुर्गम र ग्रामिण क्षेत्र केन्द्रित गर्ने उदेश्यका साथ तमान र लाम्मेलाका स्थानीयको अनुरोधमा दुईवटा जीपबाट सेवा सुरु गरिएको प्रालिका अध्यक्ष श्रीप्रसाद रोकाले बेनीअनलाइनलाई जानकारी दिए ।
10354185_1304658849598260_7037630779821775408_n
‘स्थानीयको अनुरोधमा हामीले सेवा विस्तार गरेका छौं ।आवश्यकता परेमा एम्बुलेन्सका रुपमा समेत स्थानीयलाई सेवा दिन्छौं’ उनले भने ।उनले अति विकट क्षेत्रका जनतालाई समयमै सेवा दिन संचालनमा आएको जीप सेवाले विरामीलाई समेत आवश्यकता अनुसार सेवा दिने गरी सामाजिक उत्तरदाहित्वबोध गर्ने बताए ।

जिप सेवामार्फत म्याग्दीको ओखरबोट, बागलुङ जिल्लाको तमान, लाम्मेला, खुनखानी गाविसबासीलाई सेवा दिने छ । बागलुङको तीन नम्बरा निर्वाचन क्षेत्रका बासिन्दालाई आफ्नो जिल्लामा पुग्न म्याग्दीबाट आधा छोटो हुन्छ । तमान गाविसका गाविसका ४ सय घरधुरी र छिमेकी खुनखानी आसपासका गाउँबाट करिव १ हजार घरधुरी सडक सञ्जालबाट लाभान्वित भएका छन् । जीपले विहान ९ बजे लाम्मेला र दिउँसो १२ बजे दरवाङबाट सेवा दिने छ । तमान लाम्मेलासम्म अहिले बस, र ट्याक्सीले समेत सेवा दिइरहेका छन् ।