पुरुन्ने ! ‘नोट र आश्वासनले भोट पाइदैन’

0
212

(हरिकृष्ण गौतम)
बेनीनगरपालिका–११ पुरुन्नेबासीलाई खानेपानी,शैक्षिक पु्र्वाधार सहित आधारभुत आवश्यकता पुरा गर्ने बाचा राजनीतिक दलले धेरैपटक गरे । बाचामै सिमित रहेका आश्वासनहरूलाई गाउँलेले कपीको पान्नामा सुरक्षित राखेका छन् । चु्नावको मुखमा लर्को लागेर गाउँ पस्ने गरेका दलले खाद्यान्न साम्रागी, मासु, नगद तथा विकासका आश्वासनबाटै भोट थाप्ने गरेका थिए । पछिल्ला तीनवटा निर्वाचनमा पुरुन्नेबासीलाई राजनीतिक दलले आर्थिक प्रलोभन तथा विकासका योजनाहरू ल्याउने आश्वासनबाट भोग मागेका प्रसस्तै उदाहरणहरू छन् ।
img_0035
अशिक्षित, बेरोजगारी, आर्थिक अवस्था कमजोर लगाएतका समस्या झेल्दै आएका पुरुन्नेबासीलाई अभावमा दवाव र प्रभावमा पार्ने गरी निर्वाचनमा भोट थाप्न जाने नेताहरूलाई आगामी निर्वाचनमा गतिलो सन्देश दिने तयारीमा पुरुन्नेबासी छन् ।
img_0078
‘नोट र आश्वासनले भोट पाईदैन् । विगतमा दिएका आश्वासन पुरा नगरे भोट माग्न आउनुपदैंन’ नागरिक वडा मञ्च पुरुन्नेका संयोजक दुध बहादुर दर्जीले भने । उनले अभावमा रहेका जनतालाई दुईतीन छाक खान दिएर भोट माग्ने गरेका विगतमा दिनहरुलाई सम्झिएका धेरैले पछुताईरहेको बताउँदै विगतका आश्वासनहरुले नेताहरुलाई प्रहार गर्ने बताए । जनचेतनाको अभावमा समाजमा उपल्लो जाती भनिनेहरूबाट सधै दवाव र प्रभावमा पर्ने गरेका पुरुन्नेका यूवाहरू धमाधम विदेशमा रोजागरीमा जान थालेपछि गाउँमा आर्थिक तथा सामाजिक रुपमा समेत ब्यापक परिवर्तन आएको छ ।
img_0067
‘अव पनि भोट बैंकको रुपमा प्रयोग गर्ने कल्पना नगरे हुन्छ । आफ्नो मतअधिकार कसैको दवावमा प्रयोग गर्नेवाला छैनन्’ दलित अगुवा टिकाराम दर्जीले बेनीअनलाइनलाई भने ।उनले क्षणिक आश्वासनबाट मत प्रभावित पार्नेहरूकै कारण गाउँलाई हेर्ने दृष्टिकोण फरक रहेको बताउँदै शिक्षित समाजमा रुपान्तरण भइसकेको पुरुन्नेलाई प्रयोगका रुपमा हेर्नेहरूलाई देखाउने गरी गाउँको विकासले रफ्तार लिएको बताए ।
img_0075
एकदशक अगाडीसम्म छिमेकीको भरमा जीवन निर्वाह गर्ने गरेका पुरुन्नेबासीका करिव १०३ घरधुरीबाट अधिकांस बैदेशिक रोजगारमा गएका छन् । आर्थिक अवस्थामा परिवर्तन भएपछि गाउँमा सरसफाई, विकासे गतिविधि, समाजिक कार्य तथा साक्षरयुक्त समाज निर्माणको अभियानसंगै सिनो र पाडापाडी निषेशको अवस्था समेत सृजना भएको छ । मासिक करिव १० लाखभन्दा धेरै रकम भित्रिने पुरुन्नेका बालबालिकाहरु गाउँ आसपासका क्षेत्रमा रहेका विद्यालयमा समेत आफुँलाई अब्वल सावित गरिरहेका छन् ।
img_0051
शिक्षामा समेत जनकल्याण मावि, चेतना प्रावि, सरस्वती प्रावि र बरनाथ प्राविमा अध्ययरत बालबालिकाहरुको शैक्षिक अवस्थाले समेत गाउँमा परिर्वतनको थालनी भएको छ । फेन्सी, सिलाइकटाई, खुद्रा पसल तथा विदेशबाट फर्किएकले फर्निचर लगाएतका ब्यवसायमा आवद्ध रहेका पुरुन्नेबासीको घरभित्र आर्कषक टिभी, गोठमा दुहुनो भैसी, हातमा मोवाईल र बैंकमा पैसा छ ।कुनै सम्पन्न गाउँजस्तै देखिने पुरुन्नेका सडकहरू काटिने सिनोहरु देखिन छाडेका आधादशक भन्दा धेरै भइसक्यो । पुरुन्नेबासीलाई देखाएर नगद आर्जन गर्ने दलका नेताहरुका लागि समेत अहिलेको परिवर्तन फलामको चिउरा जस्तै सावित हुने निश्चित छ । त्यसैले अव पुरुन्ने मासु र नोटमा बिक्दैन् ।
img_0046