बेनी नगरपालिका–८ पिपलबोट निवासी अग्नीपिडित सन्तु पौडेललाई बास्बोट आमा समुहले १५ हजार आर्थिक सहयोग गरेको छ । गतहप्ता आगलागीबाट घर र गोठ जलेर पूर्णरुपमा क्षती भएको पौडेललाई बास्बोटका महिलाले सङ्कलन गरेको रकम एक कार्यक्रमका विच आइतबार हस्तान्तरण गरिएको छ ।

समुहकी अध्यक्ष कोपिला केसीको नेतृत्वमा गएको टोलीले महिला स्वयमसेविका समेत रहेकी पौडैललाई आर्थिक सहयोग गर।ेका हुन । घर र गोठमा आगलागी हुदाँ सुन, नगद, लत्ताकपडा सहित अन्नपात नष्ट भएको थियो । मध्यरातमा आगलागी भएपछि पौडेलका परिवारले हाम फालेर ज्यान जोगाएका थिए । पिििडत परिवारलाई शनिबार महिला स्वयसेविकाहरुले नगद ९ हजार र खाद्य साम्रागी सहयोग गरेका थिए । प्रहरीका अनुसार आगलागीबाट करिव ४० लाख बराबरको क्षती भएको थियो ।

विज्ञापन