सिसी क्यामेराको फुटेजको आधारमा ट्याक्सी तोडफोडमा संलग्न समातिए

0

म्याग्दीको सदरमुकाम बेनीमा आइतबार राती तीनवटा ट्याक्सीमा तोडफोड गर्नेलाई सिसी क्यामेराको फुटेजको आधारमा पक्राउ गरिएको छ । मादकपर्दाथ सेवन गरी बसपार्कमा पार्किङ गरी राखिएका तीनवटा ट्याक्सी तोडफोडमा संलग्न रहेका बेनपा–६ मंगलाघाटका गुन बहादुर पुन र बेनपा ११ पुलाचौरका किसान कार्कीलाई दुई यूवती सहित सिसी क्यामेराको फुटेजको हुलियाबाट पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले बताए ।

‘तोडफोड गरेर फरार भएकालाई फुटेका आधारमा केही घण्टामै नियन्त्रणमा लिइयो । ट्याक्सी चालकको हुलिया समेत मिलेको छ’ खड्काले बेनीअनलाइनलाई भने । बसपार्कमा ध १ ज ३४५,ध१ २४२ र ध १ ज ४१८ नम्बरको ट्याक्सीमा तोडफोड भएको थियो ।प्रहरीले घटनामा संलग्न भएकालाई पक्राउ गर्न तत्कालै बेनीबजारमा प्रहरी परिचालन संगै सिसी क्यामेराबाट निगरानी राखेको थियो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । घटनामा संलग्न रहेकाले संगमचोकस्थित भिभा पाउरोटीको भेनमा समेत क्षती पु¥याउने प्रयास गरेका थिए ।